Logo

पर्यटन व्यवसायी भन्छन्, सन् २०२० मा २० लाख पर्यटन भित्र्याउन सकिन्न, के गर्दै छ बोर्ड ?

पर्यटन व्यवसायी भन्छन्, सन् २०२० मा २० लाख पर्यटन भित्र्याउन सकिन्न, के गर्दै छ बोर्ड ?



काठमाडौं । सरकारले २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन लक्ष्य लिएपनि सरकारको रणनीतिक योजना सफल नहुने पर्यटन ब्यबसायीहरुले बताएका छन ।

सरकारले आर्थिक सम्वृद्धिको परिकल्पना सहित २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष लिएको छ । तर पर्यटन प्रवद्र्धनको महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने नेपाल पर्यटन बोर्डको वर्तमान संरचना, परंम्परागत प्रवद्र्धनात्मक शैली र पुर्वाधारको विकासमा न्यायोचित ढंगले बजेट विनियोजन नभएकाले सरकारको रणनीतिक योजना सफल नहुने नेपाल टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्व महासचिब कर्ण लामाले बताए ।

विनियोजित बजेट पनि समय मै सहज ढंगले उपलब्ध नहुने भएकाले नेपाल सरकारको रणनीतिक योजना र कार्यक्रम सफल नहुने उनको दाबी थियो । आम पर्यटन व्यवसायीहरुले औल्याएको समसामयिक विषयमा सरकार गम्भिर भएर लाग्न समेत लामाले आग्रह गरेका छन ।

अर्का पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले भने नेपाल पर्यटन बोर्डले बैदेशिक यात्राको रकम खारेज गर्नु पर्ने बताएका छन । बोर्डले आफु मातहतका कर्मचारीलाई मात्र विदेश भ्रमणमा लगेको समेत उनको आरोप छ ।

‘यदी बिदेश भ्रमण नै लाने हो भने सबै पर्यटन ब्यवसायी कम्पनीहरुको सहभागिता हुने तरिकाले लैजानु पर्छ,’ उनले भने, ‘यसरी लैजाँदा समान सहभागि पनि हुने र सबै ब्यवसायी कम्पनीको प्रचारप्रसार पनि हुने भएकाले पर्यटकको वृद्धि पनि हुनेछ ।’

तर पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले भने २० लाखको टार्गेट भेट्नको लागि अफ सिजनमा पनि मार्केटिङ गर्ने र नयाँ बजारको खोजी गर्ने बताएका छन ।

उनका अनुसार विकास पूर्वधारको लागि सरकारसँग कुरा भईरहेको तथा बैदेशिक यात्रमा ३० प्रतिशत ब्यवसायीहरुलाई सहभागि गराएको बताएका छन ।

केही ब्यवसायीले बैदेशिक यात्रामा जाँदा बोर्डको लगानीमा गएको भन्ने हल्ला निराधार भएको जोशीको भनाई थियो । बैदेशिक यात्रामा जाँदा बोर्डले बस्ने ब्यवस्था मात्र गरेको र आउनेजाने खर्च भने ब्यवसायीले नै गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL