Logo

हवाईरुट बार्ताका लागि भारतीय पक्ष नेपाल आउँदै, बार्ता २ दिन सम्म चल्ने

हवाईरुट बार्ताका लागि भारतीय पक्ष नेपाल आउँदै, बार्ता २ दिन सम्म चल्ने



काठमाडौं । नेपालमा हवाईमार्ग थप्न नेपाल र भारत बीच बार्ता हुने भएको छ ।

नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको हवाई ट्राफिक जाम कम गर्न तथा हवाई रुट थप्न दुई देश बीच बार्ता हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका राजन पोखरेलले जानकारी दिएका छन ।

सरकारले हवाईरुट थप्न भारत सँग पहिला देखीनै कुरा गर्दै आईरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउँदा नयाँ हवाई रुटका लागि दुवै देशका प्राविधिकहरुलाई नयाँ रुटका लागि छलफलमा बस्न निर्देशन दिएका थिए ।

सोही निर्णय अनुसारनै नयाँ हवाई रुटका लागि यही बिहीबार र असार १ गते बार्ता हुने भएको छ । एक मात्र हवाई रुट भए पनि नेपालले भारतीय पक्ष सँग बेलाबेलामा अन्य रुटको लागि पत्रचार गरेको पोखरेलले जानकारी दिएका छन ।

पोखरेलका अनुसार भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण पछि भने भारतीय पक्ष सकरात्मक भएको र पूर्व पशिम हवाईरुटको विषयमा पहिलो पटक दुईदेशको प्राविधिकहरु बार्तामा बस्न लागेको बताए ।

भारतको एयर नेभिगेसन सेवाको प्रमुख र नेपालको तर्फबाट एयर नेभिगेसन सेवाका उप महानिर्देशकको नेतृत्वमा बार्ता हुने पोखरेलले जानकारी दिएको छ ।

बार्ताको लागि भारतीय प्रतिनिधिहरुको टोली मंगलबार नेपाल आउने भएको छ । दुई दिनसम्म हुने बार्तामा नयाँ बन्ने एयरपोर्टहरुलाई टारगेट गरेर छलफल हुने पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL