Logo

भिजिट नेपाल २०२० को लोगो सार्वजनिक, भित्रिएला २० लाख पर्यटक

भिजिट नेपाल २०२० को लोगो सार्वजनिक, भित्रिएला २० लाख पर्यटक



काठमाडौं । भिजिट नेपाल २०२० को लोगो सार्वजनिक भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीले भिजिट नेपाल २०२० को लोगो सार्वजनिक गरेका हुन् ।

मन्त्री अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लोगो सार्वजनिक गरेको हो । सरकारले २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ भिजिट नेपाल २०२० को घोषणा गरेको थियो ।

नेपाल पर्यटन बोर्डद्धारा भिजन २०२० को लोगो प्रतियोगिताको लागि फेसबुकमा आह्वान गरिएको थियो । उक्त प्रतियोगितामा १ सय ४५ जनाको सहभागिता रहेको थियो भने बौद्धका उद्धव रिमालले उक्त लोगोको विजेता हात पारेको छ ।

विजेतालाई नगत १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL