Logo

तारा एयरको विमान दुर्घटना, सबै यात्रु सकुशल

तारा एयरको विमान दुर्घटना, सबै यात्रु सकुशल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्ला उडेको तारा एयरको विमान दुर्घटना भएको हो ।

शनिबार दिउँसो कल साईन ९ एमईजी जहाज जुम्लाको लागि २ बजेर १५ मिनेटमा उडेको थियो । २ बजेर ५० मिनेटमा अवतरण गर्ने क्रममा टाएर पञ्चर भएर दुर्घटना भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन ।

दुर्घटनाबाट खासै क्षति नपुगेको ठाकुरले बताएका छन । उनका अनुसार चालक क्याप्टेन जेके निरौला र को पाईलट हिक्मत राकायाले उडान भरेका थिए । जहाजमा चालक दल सहित १९ जना सवार रहेको ठाकुरले बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL