Logo

बेलायतमा नेपाली पर्यटनको प्रवद्र्धन, सम्पन्न भयो पर्यटन शिखर सम्मेलन

बेलायतमा नेपाली पर्यटनको प्रवद्र्धन, सम्पन्न भयो पर्यटन शिखर सम्मेलन



काठमाडौं । नेपाल र बेलायतबीच पर्यटन पर्वद्धन गर्ने उद्देश्यले बेलायतमा शिखर सम्मेलन सम्पन्न भएको छ ।

उक्त शिखर सम्मेलन बेलायत शहरको मेन्चेस्टर, बेल्फास्ट तथा इडेनवर्गमा सम्पन्न गरिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

वेलायत स्थित नेपाली दूतावासको समन्यवमा लन्डनमा आयोजित कार्यक्रममा संचारकर्मी, पर्यटन क्षेत्रका बिज्ञहरु, टूर अपरेटरहरु गरी १ सय ३० भन्दा बढीको सहभागिता रहेको थियो ।

उक्त पर्यटन शिखर सम्मेलनमा नेपालले पर्यटन क्षेत्रमा प्राप्त गरेका प्रगतिका अनुभव तथा पहुँच योग्य पदमार्गको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह अएरले नेपाल कसरी विश्वको गन्तव्य स्थलको रुपमा रहेको छ, भन्ने बारे प्रस्तुति दिएका थिए

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL