Logo

हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न, १८ देशका ४३ जना ब्लगरहरुको सहभागिता

हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न, १८ देशका ४३ जना ब्लगरहरुको सहभागिता



काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा पाटा नेपाल च्याप्टरको आयोजनामा सुरु भएको हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न भएको छ ।

२६ वटा देशहरुवाट ५९ बायर्स र नेपालभारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र युएइ लगायत सातवटा देशहरुवाट ५२ वटा बिक्रेताहरुको सहभागिता रहेको थियो ।

३ दिन चलेको उक्त मेलामा बिभिन्न देशका पर्यटन बिज्ञहरुले नेपालमा २०३० मा ५० लाख पर्यटक भित्र्याउन आ–आफनो विचार राखेको थियो ।

कार्यक्रमको केन्द्र विन्दुको रुपमा रहेको अन्तरराष्ट्रिय ट्राभल ब्लगर्स मिडिया सम्मेलन थियो । जहाँ १८ देशका ४३ जना ब्लगरहरुको सहभागिता रहेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको र विकासका लागि सबैले सामुहिक प्रयासमा जोड दिनु पर्ने बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL