Logo

प्रम ओलीले गरे आरोही महिला पत्रकारलाई सम्मान, भन्छन आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन

प्रम ओलीले गरे आरोही महिला पत्रकारलाई सम्मान, भन्छन आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन


रासस
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेको छ ।

प्रम ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनिहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आग्रह गरेको छ ।

प्रम ओलीले भने ‘एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ ।’ हिमाल आरोहणमा कहिले पनि लापर्वाही गर्न नहुने उनको भनाइ थियो ।

‘हिमाल आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन, स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुँदैन, स्वास्थ्य ठीक भएपछि वा जोखिम घटेपछि पुनःआरोहणको प्रयास गर्नुपर्छ, सफलता पाइन्छ,’ उनले भने ।

‘मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो, भूमिगत जीवन, जेल जीवनले पाइन, जब जेलबाट छुटेँ, पछि कमजोर स्वास्थ्यले दिएन’, प्रधानमन्त्री ओलीले भने ।

सफल आरोही पत्रकारमा रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ र कल्पना महर्जन थिईन । प्रियालक्ष्मी कार्की भने स्वास्थ्यको कारणले ७ हजार मिटरबाटै फर्किएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
MBL