Logo

कहाँ कहाँ बन्ने भए क्षेत्रिय विमानस्थल ?, यस्तो छ हवाई क्षेत्र सुधारको गुरुयोजना

कहाँ कहाँ बन्ने भए क्षेत्रिय विमानस्थल ?, यस्तो छ हवाई क्षेत्र सुधारको गुरुयोजना



काठमाडौं । नेपालको हवाई क्षेत्रलार्य गुणस्तरीय बनाउन उच्चतम प्रविधिको प्रयोग गरिने भएको छ ।

सरकारले आगामी दिनमा निजगढ, पोखरा, लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा विशेष जोड दिएको छ । यसैगरी विराटनगर, विरगञ्ज, नेपालगञ्ज र धनगढी क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्त्ती गरी छिमेकी मुलुकहरुसँग उडान सुरु गरिने भएको छ ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत आन्तरिक विमानस्थल निर्माणमा तीब्रता दिई दाङमा बैकल्पिक विमानस्थल बनाउने कार्य अगाडी बढाउने भएको छ । यसैगरी काभ्रेमा आन्तरिक विमानस्थलको निर्माणको लागि सम्भाब्यता अध्ययन गरिसकेको छ ।

सरकारले आन्तरिक विमानस्थल निर्माणको लागि गुरुयोजना बनाई काम अघि बढाउने भएको छ । साथै पर्यटकहरुलाई तत्काल उदार गर्न हेलीप्याड नभएका सबै स्थानीय तहमा हेलीप्याड निर्माण गर्ने भएको छ ।

सरकारले हवाई क्षेत्रमा १९ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी २०२० मा १५ लाख पर्यटक भित्रयाउन कम्तीमा १ सय स्थानको पदमार्ग पहिल्याउने भएको छ । १५ लाख पर्यटक भित्रयाउन सरकारले छिमेकी राष्ट्र भारत र चीन लक्षित पर्यटकलाई विशेष जोड दिने भएको छ ।

गुणस्तरीय पर्यटक भित्र्याउन पर्यटन सेवाको विस्तार गरिने भएको हो । नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिस्ठानलाई विस्वविद्यालयमा विकास गर्न आवश्यक पूर्वधार तयार गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL