Logo

चालू आबमा थपियो ५ वटा तारे होटल, रिसोर्ट र होमस्टेमा पनि बढ्यो आकर्षण

चालू आबमा थपियो ५ वटा तारे होटल, रिसोर्ट र होमस्टेमा पनि बढ्यो आकर्षण



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ८ महिनामा ५ वटा तारे होटल थपिएको छ । यससँगै नेपालमा तारे होटलको संख्या १ सय २५ पुगेको छ ।

नेपालमा पर्यटन उद्योगको सम्भावना बढेसँगै साना तथा ठूला होटलहरुमा लगानी गर्नेको क्रम बढेको हो ।

पर्यटक स्तरीय होटल, लज तथा रिर्सोटको संख्या गत बर्ष ९ सय ४२ रहेकामा चालु आवको सुरुको ८ महिना सम्म आईपुग्दा बढेर ९ सय ७७ पुगेको छ ।यसैगरी सामुदायीक होमस्टेको संख्या २ सय ५१ पुगेको छ ।

तारे होटलको शैथ्या संख्या चालू आबको ८ महिनामा बढेर १० हजार ६ सय ९७ पुगेको छ । तर गत आबमा यो संख्या १० हजार ७७ मात्र रहेको थियो । तारे होटल बाहेक पर्यटक स्तरीय होटल, लज तथा रिर्सोटको शैथ्या संख्या भने २९ हजार १ सय ३६ पुगेको छ ।

चालु आवको प्रथम ८ महिनामा पर्यटक स्तरीय होटलको संख्या १ हजार १ सय २ र शैया संख्या ३९ हजार ८ सय ३३ रहेको छ ।

चालु आवको सुरुको ८ महिनामा २ क्यासिनो संचालनमा आएका छन् । यससँगै क्यासिनोको संख्या बढेर ७ पुगेको छ भने ४ मिनि क्यासिनो संचालनमा रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL