Logo

सगरमाथा आरोही डोमा सार्कीको फर्कने क्रममा निधन, २ विदेशीको पनि मृत्यु

सगरमाथा आरोही डोमा सार्कीको फर्कने क्रममा निधन, २ विदेशीको पनि मृत्यु



काठमाडौं । सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ ।

शेर्पाको गए राती मृत्यु भएको सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक प्रद्युम्न कुमार अधिकारीका अनुसार शेर्पा आधार शिविर २ को खुुम्बु आइसफलमा लडेर घाइते भएको थियो ।

घाईते शेर्पाको तत्काल उपचारका लागि खुम्बु पासाङल्हामु गाउँपालिका ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा मृत्यु भएको बताएका छन ।

शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणका लागि गएको थियो ।

यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको समेत मृत्यु भएको छ ।

शिविर ३ पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ बर्षिय जापानी नोबुकाजु कुरीकी र ६२ बर्षिय मेसोडोनियाली जेआर्जी पेटकोभको सगरमाथाको शिविर ३ मा लेक लागेर मृत्यु भएको हो ।

सगरमाथा आरोहणको ९ औं दिन सोमबार सम्ममा ३ सय १६ भन्दा बढी आरोही चुचुरामा पुगेका नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL