Logo

२१ घण्टा संचालनमा आयो त्रिभुवन विमानस्थल, कामको दैनिक प्रगति विवरण बुझाउन निर्देशन

२१ घण्टा संचालनमा आयो त्रिभुवन विमानस्थल, कामको दैनिक प्रगति विवरण बुझाउन निर्देशन



काठमाडौं । सोमबारदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा आएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले काम गर्ने समयलाई जबसम्म २४ घण्टा पुर्याउन सकिँदैन तबसम्म देशले विकास गर्न नसकिने बताएका छन ।

मन्त्री अधिकारीले सोमबार देखी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन भएको घोषणा गर्दै हाम्रो काम गर्ने समय पनि २४ घण्टा पुर्याउनु पर्ने बताएका हुन । ८ घण्टा मात्रै काम गर्ने समय भएको र सो समयपनि आलटाल गर्दै २ घण्टा मात्र काम भएकाले नेपाल पछि परेको उनको आरोप थियो ।

काम गर्न पछाडी पर्ने र सुविधा लिन अगाडी सर्ने प्रणालिले देश बिग्रेको भन्दै मन्त्री अधिकारीले विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउनु परेको जानकारी दिए ।

यस अवधिमा मन्त्री अधिकारीले मातहतका निकायमा भए गरेका कामको दैनिक रिपोर्ट तयार गरी हरेक दिन मन्त्रालय, मन्त्री तथा सचिवालयको मेलमा रिपोर्ट बुझाउन समेत निर्देशन दिएको छ ।

‘एउटै कामलाई हुन्छ हुन्छ भन्दै महिनौसम्म लगाउने परिपाटीले गर्दा प्रगति गर्न सकिएन,’ उनले भने, ‘अब दैनिक प्रगति के कति हुन्छ त्यस्को दैनिक रिपोर्ट बुझाउनु पर्नेछ ।’

पर्यटन मन्त्री रविन्द्र अधिकारीले आफ्नो सय दिने कार्यक्रम अन्तरर्गत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २१ घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL