Logo

एक बर्षभित्रमा गौतमबुद्ध विमानस्थल संचालनमा, ३ बर्षपछि पोखरा

एक बर्षभित्रमा गौतमबुद्ध विमानस्थल संचालनमा, ३ बर्षपछि पोखरा



काठमाडौं । अबको १ बर्ष भित्रमा गौतमबुद्ध विमानस्थल संचालनमा आउने भएको छ । देशमा एक मात्र अन्तरराष्ट्रिय विमानस्थल रहेकोमा अबको १ बर्षभित्रमा निर्माणधिन अवस्थामा रहेको गौतमबुद्ध विमानस्थललाई संचालनमा ल्याउने उद्घोष सरकारले गरेको हो ।

सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक बर्षभित्र गौतम बुद्ध विमानस्थल निर्माण सम्पन्न गरी संचालनमा ल्याउने उद्घोष गरेको हो ।

यसैगरी केही समयमात्र निर्माण चरणमा प्रवेश गरेको पोखराको क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थललाई पनि ३ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने बताएको छ । यसैगरी निजगको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई पनि द्वूत गतिमा अघि बढाउने भएको छ ।

सरकारले अबका दिनमा आम्दानी बृद्धि गर्न गुणस्तरी पर्यटक भित्र्याउने विशेष कार्यक्रम संचालन गर्ने भएको छ । पर्यटक भित्र्याएर देशको आर्थिक बृद्धिदर बढाउने लक्ष्य अनुरुप सरकारले गुणस्तरीय पर्यटक आवागमनलाई प्राथमिकता दिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL