Logo

कसरी भित्रिन्छन यी नाकाबाट विदेशी पर्यटक, बेलहिया नाकाबाट मात्रै ६४ हजार

कसरी भित्रिन्छन यी नाकाबाट विदेशी पर्यटक, बेलहिया नाकाबाट मात्रै ६४ हजार



काठमाडौं । नेपालको विभिन्न नाकाबाट २०१८ को सुरुको ४ महिनामा १ लाख ५९ हजार २ सय ४४ जना पर्यटक नेपाल भित्रिएका छन ।

यसरी नेपाल भित्रिने पर्यटकहरुमा बेल्जियम, क्यानाडा, इजरायल, आईखोरिन, टोङगा अष्ट्रेलिया, जापान लगायतका मुलुकबाट रहेका छन ।

अध्यगमन विभागको तथ्याङक अनुसार २०१८ को जनवरी देखी अप्रिल सम्ममा ६ वटा नाकाबाट मात्रै साढे १ लाखको संख्यामा पर्यटक नेपाल भित्रिएका हुन ।

तथ्याङक अनुसार रुपन्देहीको बेलहिया नाकाबाट मात्रै ६४ हजार ३ सय २८ जना पर्यटक नेपाल भित्रिएका हुन भने कैलालीको धनगढी नाकाबाट ४ महिनामा ९ जना पर्यटक नेपाल भित्रिएका हुन ।

नेपाल भित्रिने पर्यटक मध्ये ९१ हजार ४ सय ४१ जना महिला रहेका छन भने ६७ हजार ८ सय ३ जना पुरुष रहेका छन ।

आन्तरिक पर्यटकको संख्या भने ९५ हजार ९ सय ९२ जना रहेको विभागको तथ्याङकमा उल्लेख छ ।

यी पर्यटकहरु कन्चनपूर, कैलाली, रसुवागढी, रुपन्देही, बाँके तथा झापाबाट नेपाल भित्रिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL