Logo

चिनियाँ जहाजले धोका दिएपछि निगमका प्रबन्ध निर्देशक कंशाकारले मागे माफी, मर्मतमा जुट्दै प्राविधिक

चिनियाँ जहाजले धोका दिएपछि निगमका प्रबन्ध निर्देशक कंशाकारले मागे माफी, मर्मतमा जुट्दै प्राविधिक



काठमाडौं । नेपाल वायुसेवा निगमको चिनियाँ जहाजको इन्जिनमा समस्या आए पछि काठमाडौंदेखि विराटनगरसम्मको उडान बन्द भएको छ ।

मंगलबार देखी इन्जिनमा समस्या आएको सो जहाजमा बुधबार विहानसम्म मर्मत गर्दा पनि समस्या समधान नभए पछि उडान रद्द गर्नु परेको नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारले बताए ।

उनका अनुसार मंगलबार बेलुका १० बजेसम्म मर्मत गर्न कोसिस गर्दा पनि समस्या समाधान नभए पछि बुधबारको फ्लाईट रद्द गर्नु परेको हो । ‘जहाज नबनेपछि उडानको लागि विहानै एअरपोर्ट पुगेका यात्रुहरु फर्कनु पर्यो,’ उनले भने, ‘तसर्थ हामीले यात्रुसँग माफी मागेका छौं ।’

अहिले पनि आफुहरुले जहाज मर्मतका लागि सक्दो कोशिस गरिरहेको कंशाकारले जानकारी दिएका छन् । ग्राहकले रिसाएर फोन गरे पछि आफुहरुले माफी माग्नुपरेको उनको भनाइ थियो ।

उनका अनुसार निनियाँ जहाज एमए ६० विमानमा समस्या आएकाले उडान रद्द गर्नु परेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL