Logo

एयर ट्राफिक घटाउन सरकार सकारात्मक, १४ दिनमा आन्तरिक उडानका लागि विमानस्थलको स्थान निर्धारण गर्ने

एयर ट्राफिक घटाउन सरकार सकारात्मक, १४ दिनमा आन्तरिक उडानका लागि विमानस्थलको स्थान निर्धारण गर्ने



काठमाडौैं । सरकारले अवको १४ दिनमा आन्तरिक उडान गर्नका लागि विमानस्थलको स्थान निर्धारण गर्ने भएको छ ।

बिहीबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानलाई ब्यवस्थित गर्न १४ दिन भित्र विमानस्थलको स्थान निर्धारण गर्ने जानकारी दिएका छन ।

काठमाडौको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा हवाई ट्राफिकको समस्या आए पछि आन्तरिक उडानलाई ब्यवस्थित गर्न विमानस्थलको आवश्यक रहेको र सोको लागि स्थान निर्धारण गर्ने उनले बताए ।

१ सय दिनको प्रगति समिक्षाको अवसरमा उनले सानो जहाजले गर्दा ठूलो जहाजलाई समस्या आएको भन्दै अवको १४ दिन भित्र आन्तरिक उडानको ठाउँ निर्धारण गरि काम अगाडी बढाउने प्रष्ट पारे ।

नागरिक उडड्यन प्राधिकरणले आन्तरिक उडानको लागि काभ्रेको ठूली चौरमा सम्भाब्यता अध्ययन गरि सकेको भए पनि स्थानियको विरोध तथा नगरपालिकाको असहयोग पछि काभ्रेकै नागि डाँडामा सम्भाब्यता अध्ययन गरेको थियो ।

मन्त्री अधिकारीले सय दिन भित्र आन्तरिक उडानलाई स्थानान्तरण गर्नको लागि सम्भाब्यता अध्ययन गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL