Logo

७२ सिटे नयाँ जहाज ल्याउँदै बुद्ध एयर, जुन दोस्रो साता काठमाडौं आईपुग्ने

७२ सिटे नयाँ जहाज ल्याउँदै बुद्ध एयर, जुन दोस्रो साता काठमाडौं आईपुग्ने



काठमाडौं । बुद्ध एयरले ७२ सिट क्षमता भएको जहाज ल्याउने भएको छ । बुद्धले ल्याउने एटीआर–७२ जहाज नेपालमा आगामी जुन महिनाको दोस्रो साता नेपाल आइपुग्ने छ ।

जहाज उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ । नयाँ जहाजको कलसाइन नाइनएन–एएमयू हुनेछ ।

एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनि प्रदूषणको हिसाबले एटीआर जहाज निकै राम्रो मानिन्छ ।

काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिकजसो बढ्दो राष्ट्रिय तथा अन्तररााष्ट्रिय एयरट्राफिकका कारण विशेषतः घरेलु उडानहरुलाई समयमै उडान भर्न अप्ठयारो परिरहेको छ । यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ । नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मत सम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने कम्पनीले जानकारी दिएको छ ।

नयाँ जहाज आए सँगै कम्पनीसँग ११ ओटा जहाज हुनेछन, जसमा ७२ सिट क्षमताका ६ ओटा एटीआर ७२–५००, ४२ सिट क्षमताका ३ ओटा एटीआर ४२–३२० र १८ सिट क्षमताका २ ओटा बिचक्राफ्ट १९०० डी रहेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL