Logo

काभ्रेमा पनि प्याराग्लाइडिङ उडान हुने, पोखराको विकल्पमा गुर्दुम डाँडा

काभ्रेमा पनि प्याराग्लाइडिङ उडान हुने, पोखराको विकल्पमा गुर्दुम डाँडा


रासस
0
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुम डाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ ।

पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताएका छन ।

प्याराग्लाइडिङको लागि १५ वटा छाताप्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत लिइसकेको आयोजकले जानकारी दिएका छन ।

नगर प्रमुख भीम न्यौपानेले पोखराको वैकल्पिक क्षेत्रको रुपमा गुर्दुम डाँडालाई प्रयोगमा ल्याउन र पनौतीको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सो उडान गर्न लागिएको बताए ।

‘पोखराको प्याराग्लाइडिङ व्यवसायीहरुले विकल्प खोजीरहेको अवस्थामा बिहावर क्षेत्र वैकल्पिक ठाउँ बन्नसक्छ, त्यसका लागि पनि यो महोत्सवले थप टेवा पुर्याउने छ’ उनले भने ।
यसअघि पनि सो डाँडामा प्याराग्लाइडिङ उडानको परीक्षण गरिए पनि अनुमति दिइएको थिएन । अहिले भने अनुमति सहितको उडान गर्न लागिएको हो ।

पर्यटकीय र कृषिको सम्भावना बोकेको कुशादेवी बिहावर क्षेत्र पनौती बजारबाट करीब चार किलोमिटर दक्षिण–पश्चिम पर्दछ । स्थानीय कला र संस्कृतिको प्रवद्र्धन र अगान्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको सो महोत्सव यही बैशाख १५ देखि १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
महोत्सवमा प्याराग्लाइडिङ, साइक्लिङ र हाफम्याराथुन लगायतका आकर्षण हुनेछ । महोत्सवमा ५० लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL