Logo

३ महिनामा भित्रिए साढे २ लाख पर्यटक, चीन सबै भन्दा अगाडी

३ महिनामा भित्रिए साढे २ लाख पर्यटक, चीन सबै भन्दा अगाडी



काठमाडौं । २०१८ को सुरुको ३ महिनामा करिब साढे २ लाख पर्यटकले नेपाल भ्रमण गरेको छ ।

नेपाल आउने पर्यटकले आरोहण, ट्रेकिङ तथा ट्राभल्समा रुचि राख्ने गरेको पर्यटन र्बोडले जानकारी दिएका छन । बसन्त यामको यो सिजनमा सगरमाथा आरोहण गर्ने तथा बिभिन्न हिमालको आरोहण गर्ने क्रम संगै नेपालमा पर्यटकको भिड लागेको पर्यटन बोर्डका प्रवक्ता सरद प्रधानले बताएका छन ।

पछिल्लो तथ्याङक अनुसार २०१६ मा ७ लाख ५३ हजार र २०१७ मा ९ लाख ४० हजार जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेको पर्यटन बोर्डको तथ्याङकमा उल्लेख छ । २०१६ को भन्दा ०१७ मा २५ प्रतिशतले पर्यटकको बृद्धि भएको प्रवक्ता प्रधानले बताए । २०१८ को पहिलो ३ महिनामा भने नेपाल आउने पर्यटकको संख्या २ लाख ८८ हजार ९ सय १८ जना रहेको छ । २०१७ को सोही अवधिमा २ लाख ५२ हजार ९ सय ८४ जना पर्यटक नेपाल भित्रिएको थियो ।

जनवरी देखी मार्च सम्म नेपाल भित्रिने पर्यटकमा सबै भन्दा बढी चीन (४०९७६) र सबै भन्दा कम बंगलादेश (८९२६) जना रहेको छ । तथ्याङक अनुसार गत बर्ष भन्दा यो बर्ष सोही अवधिमा भारत र श्रीलंका बाट भने १७ दशमलब ९ प्रतिशतले पर्यटक घटेको बोर्डका प्रवक्ता प्रधानले बीज खबरलाई जानकारी दिएको छ ।
सगरमाथा आरोही बढे
यो सिजनमा मात्रै ३४ समुहको करिब ३२६ जना विदेशीले सगरमाथा आरोहणको अनुमति लिइ वेसक्याम्प तिर लागेको पर्यटन विभागका निर्देशक राम प्रसाद सापकोटाले बताएका छन । गत शुक्रबार सम्ममा विभिन्न देशका ८४ समुहका ६ सय ९८ जना पर्यटकले हिमाल आरोहणका लागि अनुमति लिइसकेका विभागका निर्देशक सापकोटाले बताएका हुन । त्यस्तै सगरमाथा आरोहण गर्ने नेपालीको भने ४ समुह को २० जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL