Logo

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुचारु, अन्तरराष्ट्रिय उडान १२ बजेपछि मात्र

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुचारु, अन्तरराष्ट्रिय उडान १२ बजेपछि मात्र



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दिउसो १२ बजेपछि मात्र अन्तरराष्ट्रिय उडान सुचारु हुने भएको छ । हिजो राती १० बजे मालिन्दो एयरको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएपछि बन्द भएको अन्तरराष्ट्रिय उडान आज दिउँसो १२ बजेपछि मात्र हुने टीआईएका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न भर्न लागेको लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर १ सय फिट पर चौरमा भासिएको थियो । तर, पानी परेर उद्धारमा कठिनाई भएपछि सम्पूर्ण अन्तरराष्ट्रिय उडान नै प्रभावित भएको हो । देशको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएपछि नेपालबाट हुने सम्पूर्ण अन्तरराष्ट्रिय उडान ठप्प भएको छ ।

तर, आन्तरिक उडान भने सुचारु भइसकेको ठाकुरले जानकारी दिए । मालिन्दो एयर दुघएटना पश्चात त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य दुबै उडान अबरुद्ध भएकोमा हाल आन्तरिक उडान भने सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL