Logo

त्रिभुवन विमानस्थलमा चिप्लिएको मालिन्दोको जहाज उद्धारमा कठिनाई, अन्तरराष्ट्रिय उडान प्रभावित

त्रिभुवन विमानस्थलमा चिप्लिएको मालिन्दोको जहाज उद्धारमा कठिनाई, अन्तरराष्ट्रिय उडान प्रभावित



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विभानस्थनमा चिप्लिएको मालिन्दो एयरको जहाज उद्धारमा कठिनाई भएको छ । बिहीबार राती १० बजे काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा जोतिएको सो जहाज उद्धारमा कठिनाई भएको टीआईएका प्रवक्ता प्रेमनाथ ठाकुरले बिजखबरलाई जानकारी दिए ।

मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिएको थियो । सो जहाज धानवनमार्गबाट चिप्लिएर करिब १ सय फिट फर पुगेर जोतिएको र पानी परेर चिप्लो भएका कारण बाहिर निकाल्न कठिनाई भएको समेत उनले जानकारी दिए । ‘जहाँ निकाल्नका लागि प्राविधिक टोलीहरु लागिपरेका छन्,’ उनले भने, ‘भासिएका ठाउँबाट जहाज निकालेर पार्किङ स्थलमा पुर्याउन अझै २ घण्टा लाग्नेछ । साथै बन्द भएको अन्तरराष्ट्रिय उठान सुचारु हुन २/३ घण्टा लाग्ने उनको भनाइ थियो । सो जहाज उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्रतर्फ गइरहेको समयमा चिप्लिएर दुर्घटना भएको थियो ।

जहाजमा १३९ यात्रुहरु भएको र हाल सबै सकुशल रहेको टीआईएले जानकारी दिएको छ । तर, जहाज के भएर चिप्लिएको हो भन्ने विषयमा भने कुनै जानकारी बाहिर नआएको समेत ठाकुरले जानकारी दिए । ‘अहिले जहाज र यात्रु तथा चालक दलका सदस्य सबै सकुशल छन्,’ उनले भने, ‘तर, जहाज के भएर चिप्लिएको हो प्राविधिक अध्ययन प्रतिवेदन आएपछि मात्र थाहा हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL