Logo

अष्ट्रेलियाका ८ जना पर्यटकलाई पर्यटन बोर्डले गर्यो सम्मान, समाज सेवामा पुर्याएको योगदानको कदर

अष्ट्रेलियाका ८ जना पर्यटकलाई पर्यटन बोर्डले गर्यो सम्मान, समाज सेवामा पुर्याएको योगदानको कदर



काठमाडौं । नेपाल पर्यटन बोर्ड र पर्वतारोहण संघले अष्ट्रेलियाका ८ जना सगरमाथा आरोहीहरुलाइ सम्मान गरेको छ । सगरमाथाको ४० औं अन्वेषण बर्षगाँढको अवसरमा अष्ट्रेलियाका ८ जना समाजसेवी पर्यटकलाई संयुक्त रुपमा सम्मान गरेको हो ।

सन १९८७ मा सगरमाथाको सफल आरेहण गरेका १२ मध्ये ८ जनालाई बिहीबार संयुक्त सम्मान गरेको हो । १२ जना मध्ये ४ जनाको मृत्यु भईसकेको छ । सम्मान कार्यक्रममा अष्ट्रेलियाका ४ जना पत्रकारहरुलाई पनि सम्मान गरेको छ ।

नेपालमा शिक्षा तथा विभिन्न क्षेत्रमा सहयोग गरेको र नेपाल लगायतका विभिन्न क्षेत्रका हिमालहरु आरोहण गरेका सो आरोहिहरुलाइ पर्यटन बोर्ड र संघले बिहीबार सम्मान गरेको हो ।

सम्मानित हुनेमा अष्ट्रेलियाका ओल्फवागन नइर्ज, रेनहोल्ड मेस्नर, प्राडा अस्वाल्ड ओएल्ज, प्राडा पीटर हावेलर, प्राडा रेइमण्ड माग्रेटर, रोवर्ट साउर, हान्स सेल र हेलमथ हाज्नर रहेका छन । उनिहरुले सगरमाथा लगायत आमादब्लाम, धौलागिरी तथा चोयु हिमालको सफल आरोहण गरेका थिए ।

उनीहरुले विभिन्न समयमा नेपालको ग्रामीण भुभागमा रहेको विभिन्न विद्यालयलाइ सहयोग गर्नुका साथै नेपालका ८ हजार मिटर माथीका अग्ला हिमाल चढिसकेका वोर्डले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL