Logo

६ वटै चिनियाँ जहाज निगमलाई हस्तान्तरण, पर्यटन मन्त्रीले भने, ‘सय दिनमा सबै जहाज चलाउनु’

६ वटै चिनियाँ जहाज निगमलाई हस्तान्तरण, पर्यटन मन्त्रीले भने, ‘सय दिनमा सबै जहाज चलाउनु’



काठमाडौं । नेपाल वायु सेवा निगमले चीनबाट थप २ वटा जहाज ल्याएको छ । चीन सरकारले आज एक कार्यक्रमबीच वाई–१२ ई विमान नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

मंगलबार एक कार्यक्रम गरी चीनबाट २ वटै जहाज नेपाल आइपुगेको निगमले जानकारी दिएको छ । १७ सिट क्षमताका वाई १२ ई जहाज करिब डेड महिना अघिनै नेपाल ल्याइएकोे थियो ।

हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अवको १ सय दिनमा सवै जहाज सञ्चालनमा ल्याउनु पर्ने बताएका छन । चिनियाँ राजदूत यु होङबाट विमान बुझ्दै पर्यटनमन्त्री रबिन्द्र अधिकारीले सय दिनभित्र सबै चिनियाँ जहाज उडिसक्नुपर्ने बताएका हुन ।

‘पाइलट अभाव छ भने तालिमको लागि नेपाली युवालाई छात्रवृत्तिमा चीनमा तालिम लिन पठाउनुपर्छ,’ उनले भने । साथै चिनियाँ विमानहरुले एक प्रदेशबाट अर्को प्रदेशमा उडान भरेर सेवा दिनुपर्ने उनको भनाइ थियो । हाल निगमले मासिक ८ हजार डलर तलब दिने गरी पाइलट ल्याउन अन्तिम तयारी गरिरहेको छ ।

‘हामीले राखेको टार्गेट पुरा गर्न दक्ष जनशक्तिको अभाव रहेको छ,’ उनले भने, ‘त्यसलाई पूरा गर्न तालिमको लागि नेपाली युवालाई छात्रवृत्तिमा चीनमा पठाउनुपर्छ ।’

६ वटा चिनियाँ जहाज खरिद गर्न नेपाल सरकार र चीन सरकाबीच करिब ४ वर्ष अघिनै सम्झौता भएको थियो । सम्झौता अनुसार २ थान जहाज गत वर्ष नै नेपाल ल्याएको थियो भने त्यसअघि २ थान जहाज भने चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL