Logo

थाइ एयरवेजसँगै अब ‘थाइलाइन’ पनि नेपालमा, हिमालयले पनि थाइल्याण्ड उडानका लागि बुझायो कागजात

थाइ एयरवेजसँगै अब ‘थाइलाइन’ पनि नेपालमा, हिमालयले पनि थाइल्याण्ड उडानका लागि बुझायो कागजात



काठमाडौं । थाइलाइन एयरवेजले नेपालबाट उडान भर्ने भएको छ । यसअघि थाइल्याण्डको थाइ एयरवेज उडान भर्दै आएकोमा अब थाईलाईनले पनि उडान गर्ने भएको छ ।

थाइल्यान्डको थाइलायन एयरलाइन्सलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्न अनुमति दिएको नागरिक उड्डयन प्राधिकरणका उप निर्देशक राजन पोख्रेलले जानकारी दिए । ‘थाइलायनलाई अनुमति प्रदान गरे पनि उडान तालिका लगायतका कागजपत्र नआइसकेकाले अहिले नै उडान भने गर्न पाउनेछैन,’ उनले भने, ‘थाइलायनले छिट्टै कागजपत्र बुझाउन प्रतिवद्धता जनाएको छ यससँगै काठमाडौं–बैंकक उडान गर्नेछ ।’

पोख्रेलका अनुसार अनुमति पाएसँगै थाइलायन एयरले बैंककबाट काठमाडौं उडान भर्ने भएको छ । थाइलायन एयरभन्दा पहिले थाइ एयरवेज र नेपाल वायुसेवा निगमले मात्र बैंककदेखि काठमाडौंको उडान भर्दै आएका छन ।

नेपालले काठमाडौं बैंकक नेपाल वायुसेवा निगममार्फत उडान भर्दै आएकोमा आगामी दिनमा हिमालयन एयरवेजले पनि उडान गर्ने लक्ष्य सहित आफनो कागजपत्रहरु थाइल्याण्ड सरकारलाई बुझाई सकेको पोख्रेलले जानकारी दिएका छन ।

‘हामी प्रकृयामा छौ तर थाइल्याण्डबाट कुनै जवाफ भने आएको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL