Logo

पर्यटन मन्त्री अधिकारीको उद्घोष, ‘लुम्बिनी बिकाश कोष गुरुयोजना दुई वर्ष भित्र सम्पन्न’

पर्यटन मन्त्री अधिकारीको उद्घोष, ‘लुम्बिनी बिकाश कोष गुरुयोजना दुई वर्ष भित्र सम्पन्न’



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आगामी दुई वर्ष भित्रमा लुम्बिनी बिकाश कोष गुरुयोजना सम्पन्न गर्ने बताएका छन् ।

केन्जे टावेले सुरु गरेको उक्त गुरुयोजना बिभिन्न कारणले सम्पन्न हुन नसकेको भन्दै अबको दुई वर्ष भित्रमा जसरी भए पनि सम्पन्न गर्ने मन्त्री अधिकारीले बताए । ग्रेटर लुम्बिनीमा कपिलवस्तु, देवदह तथा तिलौराकोट लाई गुरुयोजनामा समावेश गरी समयमै काम सम्पन्न गर्ने मन्त्री अधिकारीले दावी गरेका छन । मन्त्री अधिकारीले २५६२ औं बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन २०१८ मनाउन गईरहेको अवसरमा गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन ।

साथै मन्त्री अधिकारीले लुम्बिनी बिकाशकोषको ५ प्रतिशत रकम अब देखि बौद्ध शिक्षामा लगानी गर्ने बताएका छन । ‘लुम्बिनी बिकाशको लागि संधै सरकार र दातृनिकायको मुख ताक्नु पर्ने अवस्थालाई अन्त्य गर्न पनि गुरुयोजना सम्पन्न गर्नु पर्ने छ,’ उनले भने, ‘अब हामी कसैसँग हात फैलाउँदैनौ, आफ्नै खुट्टामा उभिने हो ।’

५ सय ६२ मुल जना रहेको मुल समारोह तथा १८ उप समिति बनाई कामलाई तिब्रता दिएको लुम्बिनी बिकाश कोषका कोषाध्यक्ष भेन्ट्र नवेलले जानकारी दिए । आगामी बैशाख १५ देखि १७ गतेसम्म हुने बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय बौद्ध सम्मेलनको तीब्र रुपमा तयारी भएको कोषले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL