Logo

विमानस्थल व्यवस्थापनमा सरकार एग्रेसिभ, बन्द गर्नेलाई ब्ल्याक लिस्टमा राखिने

विमानस्थल व्यवस्थापनमा सरकार एग्रेसिभ, बन्द गर्नेलाई ब्ल्याक लिस्टमा राखिने



काठमाडौं । सरकारले विमानस्थलमा बन्द हड्ताल गर्ने संस्थाहरुलाई कालो सूची (ब्ल्याक लिष्ट) मा राख्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देबकोटाले विमानस्थलमा आन्दोलन तथा बन्द गर्ने व्यक्ति वा सस्था जो सुकै भएपनि तत्काल ब्ल्याक लिष्टमा राखेर कारबाही प्रक्रिया अघि बढाइने बताए । ‘विमानस्थल १ सेकेण्ड पनि बन्द हुनु हुँदैन,’ नेपाल वायुसेवा निगमको एजेन्सिज अवार्ड प्रदान कार्यक्रममा उनले भने, ‘यदि कसैले बन्द गर्छ भने त्यसलाई तत्काल ब्ल्याक लिष्टेड गरेर कारबाही गरिनेछ ।’

कार्यक्रममा बक्ताहरुले कार्गोमा समस्या रहेको भन्दै यहि चैत २९ बाट विमानस्थलमा लेबर युनियनले बन्द तथा आन्दोलनको तयारी गरिरहेको बताएका थिए । तर, प्रतिउत्तरमा सचिव देवकोटाले बन्द गर्ने जोसुकैलाई पनि तत्काल कारबाही गरिने बताएका हुन् ।

कार्यक्रममा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले हवाई नीतिमा मात्र नभएर सुरक्षालाई पनि प्राथमिका दिईने बताए । निगमले अघिल्लो वर्षको भन्दा यो वर्ष दोब्बर नाफा कमाउन सफल भएको जनकारी दिँदै गत वर्ष १२ करोड रुपैयाँ रहेकोमा चालू आबको यहि अबधिसम्म आईपुग्दा नाफमा उच्च बृद्धि हुँदै २४ करोड रुपैयाँ पुगको बताए ।

निगमले २०७३/७४ को बिभिन्न विद्यामा प्रदान गरेको उक्त अवार्डमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय एजेन्सीहरु रहेका छन । निगमको अन्तरिक यात्रुको टिकट बिक्री अन्तरगत ओसो वल्र्ड ट्राभल्स एण्ड टुर्स प्रालि प्रथम भएको छ ।

त्यस्तै एजेन्सीज अवार्डमा पिएस ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छ भने दोस्रोमा अङमोहित ट्राभल र तेस्रो स्थानमा एलट होलिडेज ट्राभल्स रहेको छ । कार्गो अन्तर्गत युनिक फ्रेड इन्टरनेशनल प्रालि रहेको छ भने दोस्रोमा वल्ड फ्रेड परेको छ ।

त्यसतै अन्तरराष्ट्रिय टिकट बिक्रीमा मेट्रो सिपिङ ब्याङकक, ललितमण्डप ट्राभल्स थाइल्याण्ड, हङकङ, मलेसियाका रहेका छन ।
अन्तरराष्ट्रिय कार्गो एजेन्सीजहरुमा एबीडीए एभिएशन, सलिण्डा ट्राभल्स तथा अक्रस ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL