Logo

२०१८ मा ४५५ पर्यटकले लिए हिमाल आरोहणको अनुमति, सगरमाथा चढ्न आकर्षण

२०१८ मा ४५५ पर्यटकले लिए हिमाल आरोहणको अनुमति, सगरमाथा चढ्न आकर्षण



काठमाडौं । २०१८ को नयाँ सिजनमा हिमाल आरोहणका लागि ४ सय ५५ जना पर्यटकले अनुमित लिएका छन ।

आईतबार सम्ममा विभिन्न देशका ५३ समुहका ४ सय ५५ जना पर्यटकले नेपाल हिमाल आरोहणका लागि अनुमति लिइसकेका पर्यटन विभागका निर्देशक रामप्रसाद सापकोटाले जानकारी दिएका छन ।

आरोहणका लागि आउने पर्यटक जापान, युएसए, नर्वे, ब्राजील, रसिया तथा पोल्याण्ड लगायतका देशबाट आएका पर्यटकले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार आरोहण अनुमति लिने ५३ मध्ये २३ वटा समूहले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका छन । वाँकी अन्य समुह भने आमादब्लम, नोप्से, मकालु, थोमसपिक, सारेबुङ, तिलिचो लगागतका आरोहणको लागि आएको बिभागका निर्देशक सापकोटाले जानकारी दिए ।

विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ । ६ हजार ५ सय मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।

त्यसो त हिमालमा चढने आरोहीहरु कहिले काँही विरामी नभएका भने होईन तर त्यस्ता विरामीहरुका लागि भनेर एचआरएबाट केही भोलेन्टियर डाक्टरहरुको ब्यवस्था गरेको हुन्छ । उनिहरु मार्फत नै विरामीलाई सेवा दिने र तत्काल रेस्क्यु गरि सम्वन्धित ठाउँमा उपचारको लागि पठाउने गरेको विभागले जनाएको छ । दुर्घटना भएमा सम्वन्धित बीमा कम्पनीले हेर्ने विभागका महानिर्देशक दिनेश भटराईले जानकारी दिएका छन ।

महानिर्देशक भट्टराईले आरोही गन्तव्यतर्फ जान थालेको बताएका छन । यो सिजनमा अझै धेरै आरोही हिमाल चढ्न आउने अनुमान गरिएको छ तर कति आउने हो त्यो भने भन्न नसकिने बताए ।

अस्तब्यस्त विभाग

नेपाल पर्यटन विभागमा अहिले अटोमेशन सफ्टवेयर टेस्टिङको अवस्थामा रहेकाले रिर्पोटिङमा केही समस्या भएको महानिर्देशक भटराईले जानकारी दिएका छन ।

सरकारी बजेट नभएकाले कहिलेसम्म निर्माण हुने भनेर आफुले डेटलाईन दिन नसक्ने भटराईले बताएका छन । सफ्टवेयर पुरा नभएकाले अहिले विभागमा आउने पर्यटक को कति काहाँबाट आए भनेर तत्कालै भन्न नसकिने अवस्था रहेको छ ।

आईएफसीले बनाउने उक्त सफ्टवेयरको कन्ट्«याक्ट भने सकिसकेको अवस्थामा आफुले रिक्वेस्ट गरेर बनाउन लगाएको महानिर्देशक भटराईले बताएका छन ।

भटराईले भने उक्त सफ्टवेयर जसरी पनि बनाउने दाबी गरेका छन् । ‘ढिलो होला तर अवश्य पनि बन्छ,’ उनले भने, ‘उक्त सफ्टवेयर नबन्दासम्म आफूहरुलाई आउने पर्यटकको महिला र पूरुष कति संख्यामा आएका छन छुट्याउन समेत गाह्रो भइरहेको छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL