Logo

बज्रयोगिनीमा मणिचुड पर्यटन महोत्सव हुने, विश्व संम्पदा सूचीमा राख्न पहल

बज्रयोगिनीमा मणिचुड पर्यटन महोत्सव हुने, विश्व संम्पदा सूचीमा राख्न पहल



काठमाडौं । बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव–२०७५ वैशाख १ गते हुने भएको छ ।

ऐतिहसिक एवम धार्मिक पर्यटकिय क्षेत्र मणिचुडमा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उदेश्यका साथ महोत्सव आयोजन गर्न लागेको पर्यटन प्रवद्र्धन समितिका सचिव रक्षेबहादुर तामाङले बताएका छन ।

महोत्सवमा बज्रयोगिनीदेखि मणिचुडसम्म बज्रयोगिनी मणिचुड म्याराथन, मणिचुड पौडी प्रतियोगिता र साँढे उचाल्ने प्रतियोगिता हुने छ । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद सहित सम्मान गरिने छ ।

काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका वडा ८ बज्रयोगिनी घुमारचोकमा हुनलागेको पर्यटन मेलाको तयारी अन्तिम चरणमा पुगेको तामाङले बताए ।

विश्व सम्पदा सूचिमा सूचिकृतका लागि प्रस्तावित, धार्मिक सहिष्णुताको प्रतिक बज्रयोगिनी मन्दिरको विशेषतालाई उजागर गर्ने उद्देश्यले महोत्सव गर्न लागेको तामाङको भनाई रहेको छ ।

महोत्सवमा स्थानीय तामाङ र नेवार समुदायको कला संस्कृति प्रदर्शन गरिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL