Logo

कतार एयरवेजले सुरु गर्यो सिकागोको लागि ‘क्युसिट’, व्यवसायी लक्षित सेवा

कतार एयरवेजले सुरु गर्यो सिकागोको लागि ‘क्युसिट’, व्यवसायी लक्षित सेवा



काठमाडौं । कतारएयरवेजले सिकागोको लागि विजनेस क्लास सिट ‘क्युसिट’को सुरुवात गरेको छ । मार्च १ देखि सिकागो उडानका जहाजमा सो सेवा सुरु गरेको हो ।

आफ्ना अधिक यात्रुहरुलाई आरामदायी तथा सुविधायुक्त यात्राको लागि सेवा सुरु गरेको कम्पनीले जानकारी दिएको छ । यसका साथै अमेरीकासँगको व्यापारिक द्धार अझै बलियो हुने अपेक्षा कम्पनीले लिएको छ ।

यसअघि कतार एयरवेजको अमेरिकाका अन्य उडानमा भने यो सेवा उपलब्ध गराएको थियो । सो सेवामा डवल वेड लगायत ४ जनालाइ पुग्ने सीट रहेका छन जसले परिवार तथा साथिहरुसँगको यात्रामा सहज अनुभव गराउनेछन ।

४ ओटा सीटकोबीचमा भिडियो मनिटर तथा यात्रुलाइ आफ्नै घरको सुविधाजस्तो सेवा यसमा रहेका छन । कतार एयरवेजका मुख्य कार्यकारी अकवर अल वेकरले यो सेवाबाट अधिकतम रुपमा अमेरिकाका व्यापारीहरुले सेवा लिन सक्ने जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL