Logo

मार्च २५ बाट ग्लोबल एडभेन्चर एण्ड माउन्टेरिङ एक्स्पो, साहसिक पर्यटनको प्रबद्र्धन

मार्च २५ बाट ग्लोबल एडभेन्चर एण्ड माउन्टेरिङ एक्स्पो, साहसिक पर्यटनको प्रबद्र्धन


बिजखबर संवाददाता
0
Shares

काठमाडौंमा ग्लोबल एडभेन्चर एण्ड माउन्टेरिङ एक्स्पो (गाम्से) आयोजना हुने भएको छ ।

मार्च २३ देखी २५ सम्म होटल याक एण्ड यतीमा होटलमा संचालन उक्त एक्स्पो साहसिक खेल, साहसिक पर्यटन तथा वातवरण सम्वन्धी छलफल हुने छ । नेपालमा साहसिक पर्यटन शुरु हुने समय पारेर उक्त एक्स्पो गरिएका आयोजकले जानकारी दिएको छ ।

भुकम्प पछी नेपालमा एडभेन्चर टुरीजम बडदै गएकोले एडभेन्चर टुरीजमलाई ईन्जिनको रुपमा विकशीत गर्दै लैजानु पर्ने तथा नेपाललाई एडभेन्चर हबको रुपमा विकाश गर्नु पर्ने बताएका छन । नेपाललाई साहसिक पर्यटनको क्षेत्रमा योगदान पुर्याउने गन्तब्यका रुपमा चिनाउन नेपलमा उत्पादन भएका बिभिन्न सामग्रीहरुलाई विश्व बजार सम्म पुर्याउनु पर्ने विरेन्द्र राजकर्णीकारले बताएका छन ।

विकसित मुलुकहरुमा उत्तम विकल्पको रुपमा बढदै गरेको विश्व साहसिक पर्यटन बजारले २ सय प्रतिशतको ब्यवसाय बृद्धि गरेको तथ्याङकले देखएको छ । तिन दिने मेलामा ६० जना वक्ता तथा दुइ सय जनाको सहभागि हुने कर्णीकारले पत्रकार सम्मेलन गरी बताएका छन । यो मेलामा ३ हजार सर्वसाधरणले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

पत्रकार सम्मेलनमा एनएमएका महासचिब कुल बहादुर गुरुङका अनुसार मेलामा न्युजल्याण्ड, क्यानाडा, चिन, अफ्रिका लगायतका धेरै देशहरुको सहभागिता रहने र नेपाल पर्यटनका लागि प्रर्वद्धन गर्न सहयोग पुग्ने बताए । तिन दिन सम्म चल्ने उक्त एक्स्पोमा ३० भन्दा बढी साहासिक पर्यटन र खेल संग सम्वन्धीत कम्पनीहरुले सहभागिता जनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL