Logo

हिमाली जिल्लालाई इन्टरनेटबाट जोड्दै एभरेष्ट लिंक,सगरमाथा र मकालु क्षेत्रमा अनलाइन शिक्षा

हिमाली जिल्लालाई इन्टरनेटबाट जोड्दै एभरेष्ट लिंक,सगरमाथा र मकालु क्षेत्रमा अनलाइन शिक्षा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अब सगरमाथाको गोकयो भ्यालीका जनताले पनि इन्टरनेट सेवा प्रयोग गर्न सक्ने भएका छन । उच्च हिमाली र अति दुर्गम भेगमा इन्टरनेट सेवा प्रदान गर्दै आएको एभरेष्ट लिंक कम्पनीले सेवा बिस्तार गरेसँगै त्यस भेगका जनता तथा पदयात्रीहरु इन्टरनेटको पहुँचमा पुगेका हुन् ।

चार बर्ष अघि सगरमाथा क्षेत्रबाट इन्टरनेट सेवा शुरु गरेको एभरेष्ट लिंकले पर्यटकीय गन्तब्यलाई ध्यान दिदै अन्य भेगमा सेवा विस्तार गर्न थालेको छ । यसैक्रममा गोकयो भ्याली तथा सोलुखुम्बुको ब्यस्त पदमार्ग मेरा पिक, सगरमाथा र मकालु पदमार्गलाई जोड्नेक्षेत्र मकालु गाउपालिकामा पर्ने बुङ,छेस्काम र गुदेल गाउँमा इन्टरनेट सेवा बिस्तार भएको छ ।

मेरा पिकमा बर्षेनी हजारौं पर्यटकहरु पदयात्रा गर्न र मेरा पिक चढ्न जान्छन् । मेरापिकमा एभरेष्ट लिंकको इन्टरनेट सेवा शुरु भएपछि पर्यटकहरु सुरक्षित महसुस गर्न थालेको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै कम्पनीले रसुवाको लाङटाङ, गोरखाको मनास्लु क्षेत्र र आधारशिबिरसम्म इन्टरनेट सेवा दिन थालेको छ । त्यसैगरी माथिल्लो मुस्ताङ पदमार्गमा पनि सेवा प्रदान गरेको जानकारी दिएको छ । एभरेष्ट लिंकले उच्च हिमाली र अति बिकट गाउँहरुमा इन्टरनेट सेवा दिन थालेपनि बिदेशी पर्यटकहरु पदयात्राका रमाइला गतिबिधिहरु छिनभरमै बिभिन्न सामाजिक संजालबाट भिडियो,फोटो सेयर गरेर देशको पर्यटन बजारलाई बिस्तार गर्न सफल भएका छन् ।

अति दुर्गम भेगका स्थानीयहरुले पनि बैदेशीक रोजगारमा गएका परिवारसग सजिलै इन्टरनेटमार्फ भिडियो कल गरेर बर्षेदेखि परिवारबाट टाढा बसे पनि साथै बसेको अनुभूति गर्न पाएका छन् ।

एभरेष्ट लिंकले सगरमाथाक्षेत्रमा जाने पदयात्री तथा पर्बतारोहीहरुलाई सुरक्षानुभूतिका लागि गत नोेभेम्बरबाट हेल्लो डाक्टर सेवा शुरु गरीसकेको छ । यो अनलाई सेवा हो । यसबाट उच्च हिमाली भेगमा जाने पर्यटकहरुको सुरक्षा का लागि यो सेवा शुरु गरेको एभरेष्ट लिंकका प्रमुख कार्यकारी अधिकृत छिरीङ ग्याल्जेन शेर्पाले जानकारी दिए ।

कम्पनीले निकट भबिष्यमा सगरमाथा र मकालु जोडने माहाकुलुङक्षेत्रमा अनलाइन शिक्षा प्रदान गर्ने तयारी थालेको छ । यसले अति दुर्गम र उच्च हिमालीभेगका बासिन्दहरुका बच्चाहरुले अनलाइनबाटै गुणस्तरीय र सुलभ शिक्षा लिन पाउने, शेर्पाले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL