Logo

जुनदेखि जापान, कोरिया र साउदीमा निगमको हवाई सेवा, अष्ट्रेलियासँग हवाई सम्झौता हुँदै

जुनदेखि जापान, कोरिया र साउदीमा निगमको हवाई सेवा, अष्ट्रेलियासँग हवाई सम्झौता हुँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ वाइड वडी जहाज ल्याएसँगै जापान, दक्षिण कोरिया तथा साउदीमा उडान विस्तारको गर्ने भएको छ । नयाँ जहाज ल्याएपछी जापानको ओसाका, दक्षिण कोरियाको सोल र साउदी अरेबियाको रियादमा उडान विस्तारको प्रक्रिया शुरु गरिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उडानका लागि हाल ‘अपरेसन परमिट’को प्रक्रिया अगाढी बढाइएको छ । ‘आगामी जुनमा वाइडबडी आइपुग्नेछ’, उनले भने, ‘त्यसको ५÷७ दिनमा उडान शुरु गरिने छ ।’

निगमले अष्ट्रेलियामा पनि उडान भर्ने तयारी थालेको छ । दुई वटा वाइडबडी विमान काठमाडौं अवतरण गरेसँगै ती गन्तव्यका साथै अष्ट्रेलियामा उडान भरिने उनले जानकारी दिए । ‘अष्ट्रेलिया र नेपाल सरकारबीच हवाई सम्झौता भएको छैन,’ उनले भने, ‘हामी त्यसको प्रक्रियामा लागेका छौं ।’ सम्झौता भएसँगै बाँकी प्रक्रिया अघि बढाउने श्रेष्ठले बताए ।

उनका अनुसार बाँकी तिन मुलुकमा सेवा शुरु गरेपछी मात्र अष्ट्रेलियाका लागि प्रक्रिया अघि बढाइने छ । नेपालले ३८ वटा राष्ट्रसँग मात्र हवाई सेवा सम्झौता गरेको छ । सम्झौता भएका देशहरुसँग मात्र अपरेसन परमिट माग्न मिल्छ । साथै आगामी असारसम्ममा दुवै वाइडबडी विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्ने छन् ।

अमेरिकी कम्पनी एएआरले निगमलाई एयरबसबाट उत्पादित विमान उपलब्ध गराउन लागेको हो । निगमले खरीद गगर्न लागेको वाइड बडीको मूल्य २१ अर्ब ९० करोड रुपैयाँ परेको छ । जसमध्ये हालसम्म १० अर्ब रुपैयाँ निगमले पठाइसकेको छ । बाँकी रकम भने विमान डेलिभरी हुने केही दिनअघि मात्र पठाउने निगमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL