Logo

होटल, रेष्टुराँलाई तत्काल इआईए र आईइई गर्न विभागको निर्देशन

होटल, रेष्टुराँलाई तत्काल इआईए र आईइई गर्न विभागको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पर्यटन विभागले होटल, रिसोर्ट तथा रेष्टुराँहरुलाई प्रारम्भिक वातावरणीय परीक्षण (आईइई) र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्न निर्देशन दिएको छ । विभागले नेपालमा संचालित होटल तथा रिर्सोटहरु वातावरण संरक्षण ऐन २०५३ तथा वातवरण संरक्षण नियमावली २०५४ अनुसार नभएको भन्दै तत्काल गर्न निर्देशन दिएको हो ।

वातावरण संरक्षण नियमावली २०५४ अनुसार आईइई तथा इआईए नगरेको पाइएमा नियमावली अनुसार कारवाहीको चेतावनी समेत दिएको छ । विभागले एक सूचना जारी गरी यस्तो चेतावनी दिएको हो । नयाँ बन्ने होटल तथा रिर्सोटले अनिबार्य रुपमा इआईए तथा आइईइ गर्नुपर्ने उल्लेख गरेको छ ।

बन क्षेत्र, राष्ट्रिय निकुन्ज, आरक्षण तथा संरक्षण क्षेत्रमा १० देखी ५०, शैयाको होटल तथा रिर्सोट संचालकले वातवरण संरक्षण ऐन २०५३ तथा नियमावली २०५४को नियम ३ को अनुसुची १ बमोजिम आर्ईइई प्रतिवेदन पास गराउनुपर्ने उल्लेख छ ।

साथै सोही नियमावलीको नियम ३ को अनुसुची २ बमोजिम १ सय शैया भन्दा माथीको होटल तथा रिर्सोट स्थापनाको लागि भने अनिबार्य रुपमा ईआईए गर्नु पर्ने कानुनी प्राबधान रहेको छ । मन्त्रालयले मापदण्ड बिपरित केही होटललाई कारबाही समेत गरिसकेको छ ।

जसअनुसार होटल सोल्टी र द्धारिकाज होटललाई /१ लाख जरिवाना गराउने निर्णय गरेको हो । ती होटलले विस्तारका क्रममा इआईए मापदण्ड पुरा नगरेका हुन् । त्यस्तै ठमेलको काठमाडौं गेष्ट हाउस, रविभवनको सिटी होटललाई १/१ लाख रुपैयाँ जरिवाना र इआईए गर्न समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL