Logo

कतारले गर्यो विश्वको पहिलो एयरवस ए ३५०- १००० सार्वजनिक, यस्ता छन् विशेषता

कतारले गर्यो विश्वको पहिलो एयरवस ए ३५०- १००० सार्वजनिक, यस्ता छन् विशेषता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कतार एयरवेजले ए ३५०- १००० एयरबस सार्वजनिक गरेको छ । कम्पनीले फ्रान्सको टुउलोसमा सो एयरक्राफ्ट सार्वजनिक गरेको हो । यो कतारको पहिलो क्यूसुइट विजनेस क्लास सिटसँग फिट हुने जहाज भएको कम्पनीको दाबी छ ।

कतार एयरवेज ग्रुप चिफ एक्जुकेटिभ अकरवर एएल बेकरले टुलोउसमा आयोजित पत्रकार सम्मेलनको होष्ट गरेका थिए ।

सो अवसरमा कतारका अर्थमन्त्री र कतार एयरका अध्यक्ष अली सरिफ एएल इमादीले कतारका लागि यो गौवरको समय भएको बताए । साथै कतार विश्वको आधुनिक प्रविधि भित्र्याउने पहिलो देश बन्ने गरेको बताए ।
कतार एयरवेजका चिफ एक्जुकेटीभ अकवर एएल बेकरले कतारले उपभोक्ताका लागि उत्कृष्ट सेवा दिने प्रयास गर्ने बताए । ‘जसले गर्दा हामीले यो एयरवस सार्वजनिक गरेका हौं।’
यो एयरक्राफ्ट ४२ ओटामध्य पहिलो हुने छ । ४६ ओटा बिजनेश क्लास सिट भएको यसमा २८१ ओटा फराकिलो १८ इन्चका इकोनोमि क्लास सिट छन् । यो एयरक्राफ्ट वाइड बडी एयरक्राफ्ट पोर्टफोलियोको नयाँ सदस्य हो । जुन दोहा देखि लण्डनसम्म उडान भर्ने छ ।

ए ३५० ९०० को तुलनामा ए ३५० -१०००मा ४४ ओटा सिट बढी छन् । त्यस्तै ८० इन्चका बेड, २२ इनचको एचडी टिभी छन् । इकोनोमी क्लासमा २८१ ओटा सिट छ ।

प्रतिक्रिया दिनुहोस्
MBL