Logo

भिटोफको कुन्छाल गाउँ भ्रमण तथा अन्तरक्रिया कार्यक्रम, होमस्टे चलाउने तथा पर्यटक भित्र्याउनेबारे छलफल

भिटोफको कुन्छाल गाउँ भ्रमण तथा अन्तरक्रिया कार्यक्रम, होमस्टे चलाउने तथा पर्यटक भित्र्याउनेबारे छलफल


बिजखबर संवाददाता
81
Shares

मकवानपूर । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले २ दिने भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ‘गाउँ गाउँमा पर्यटन विकाशको लहर ल्याउनु पर्छ, आर्थिक उन्नतीले मुहारमा खुसी ल्याउनु पर्छ’ भन्ने मुल नाराका मकवानपुरको थाहा नगरपालिका १ कुन्छाल गाउँ भ्रमण कार्यक्रम गरेको हो ।

भ्रमणको क्रममा त्यहाँका स्थानीय जनतासँग होमस्टे कसरी चलाउने पर्यटकलाई कसरी भित्र्याउनेलगायत विषयमा अन्तरक्रिया गरिएको थियो ।

भिटोफ नेपालले प्रत्येक बर्ष ३ गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्दै आएको छ । साथै त्यस्ता पर्यटकीय गाउँहरुलाई प्रवद्र्धन गर्ने तथा प्याकेज बनाउनेसम्म काम गरेको (भिटोफ) नेपालका अध्यक्ष राम प्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार गाउँहरुमा सम्भावनाको अध्ययन गरी उत्कृष्टको आधारमा बार्षिक ३ गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्ने गरेको हो ।

उक्त गाउँलाई ३८औँ विश्व पर्यटन दिवशको अवसरमा पर्यटन बोर्ड नेपालले काठमाडौमा भएको एक कार्यक्रममा घोषणा गरेको सापकोटाले बताएको छ ।

कुन्छाल गाउँमा पर्यटन विकासको लागि आर्थिक, शिक्षा तथा भौतिक पूर्वधारको विकास गर्नु पर्ने तथा पर्यटकको महत्व वुझाउनु पर्ने बताएका छन् ।

साथै खाना, सरसफाई तथा भाषामा समेत सुधार ल्याउनु पर्ने टान नेपालका अध्यक्ष नवराज दाहालले बताए ।

यहाँका मानिसहरु अन्ध विश्वासमा रहेकोले चेतनामा सुधार ल्याउनु पर्ने भिटोफका डा. प्रेम शर्माको भनाई रहेको छ । यहाँ जातिय नालीवेलीको अध्ययन गर्ने गन्तव्य समेत हुन सक्ने शर्माले बताए ।

प्रचार प्रसारमा कमी भएकै कारण यहाँ रहेका पौराणिक संस्कृति तथा पुरानो संरचना लोप हुने अवस्थामा छ । यसलाई निरन्तरता दिन आफुले सक्दो सहयोग गर्ने थाहा नगरपालिकाका मेयर लक्षुमन विष्टले वताएका छन ।

कार्यक्रम्मा टान, एएनएम, गुरुङ टुरिजम इन्टरनेश्नल एशेसिएशन, पर्यटन र्बोडलगायतका संस्थाहरुको करिब ७० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL