Logo

१ महिनामा विदेशी पर्यटकले भित्र्याए ४ अर्ब ४३ करोड

१ महिनामा विदेशी पर्यटकले भित्र्याए ४ अर्ब ४३ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विदेशी पर्यटकले पुस महिनामा मात्रै करिब साढे ४ अर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांक अनुसार चालु आबको ६ महिनामा विदेशी पर्यटकले ३३ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेका छन् । जुन पाँच महिनाको तुलनामा ४ अर्ब ४३ करोड रुपैयाँले बढी हो । गत ५ महिनामा विदेशी पर्यटकले २९ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको तथ्याङ्कमा उल्लेख छ ।

पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न प्रचारात्मक कार्यक्रम सञ्चालनमा ल्याएसँगै पछिल्लो समय नेपाल भित्रने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । जसले गर्दा नेपाल आउने पर्यटकको संख्यामा बृद्धि हुँदा विदेशी मुद्रा भित्रने क्रम समेत बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

राष्ट्र बैंकको अनुसार गत आवको ६ महिनामा २६ अर्ब ४७ करोड रुपैयाँ भित्रिएको थियो । त्यस्तै अघिल्लो आबको ६ महिनामा २० अर्ब ३० करोड रुपैयाँ विदेशी पर्यटकले खर्च गरेका हुन् ।

त्यसो त नेपालीले विदेशमा गएर गर्ने खर्चमा पनि बृद्धि भएको छ । चालु आवको ६ महिनामा नेपालीले ३६ अर्व ९० करोड रुपैयाँ विदेश भ्रमणमा खर्च गरेको देखिन्छ । गत ५ महिनामा ३० अर्ब ३ करोड रुपैयाँ आउटबाउण्ड टुरिजमका लागि बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL