Logo

एड्भेन्चर स्पोर्ट्स एक्स्पोमा नेपालको सहभागिता, नेपाल घुम्न आह्वान

एड्भेन्चर स्पोर्ट्स एक्स्पोमा नेपालको सहभागिता, नेपाल घुम्न आह्वान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालले भारतको नयाँ दिल्लीमा आयोजित ‘एड्भेन्चर स्पोर्ट्स एक्स्पो एशियामा’ सहभागिता जनाएको छ ।

जनवरी २७ देखि २९ सम्म आयोजना भएको उक्त एक्स्पोमा नेपालका तर्फबाट पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड तथा नेपाल बायु सेवा निगमको संयोजनमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहभागी थिए ।

कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले नेपाली साहसिक खेल तथा साहसिक पर्यटनका आकर्षण तथा सम्भावनाहरुलाइ चित्रण गर्दै एड्भेन्चर प्रेमीहरुका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थल रहेको बताए ।

साथै उनले सबैलाइ नेपाल घुम्न आमन्त्रण पनि गरे । त्यसैगरी कार्यक्रममा दिगो साहसिक पर्यटन विकासमा योगदान पुर्याउने हस्तीहरुलाइ सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

जसमा नेपाल पर्यटन बोर्ड का दीपक राज जोशी, पाटा नेपाल च्याप्टरका सुनिल शाक्य, हिमालयन हालिडेजका बिभुति चन्द ठाकुर तथा नेपाल रिभर कन्जरभेसन ट्रस्टका मेघ आले लाइ अवार्ड प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL