Logo

कतार एयरवेजले शुरु गर्यो २०१८को पहिलो ग्लोबल सेल्स प्रमोशन

कतार एयरवेजले शुरु गर्यो २०१८को पहिलो ग्लोबल सेल्स प्रमोशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कतार एयरवेजले २०१८ का लागि आफ्नो पहिलो ग्लोबल सेल्स क्याम्पेन ग्लोबल ट्राभल बुकिङ घोषणा गरेको छ ।

योजना अन्तर्गत यात्रुले एयरवेजको क्याविन क्लासमा यात्रा गर्दा आकर्षक उपहार तथा छुट पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार विश्वभरका गन्तब्यमा एयरवेजका ईकोनोमी, विजनेस र फस्र्ट क्लास मार्फत यात्रा गर्दा यस सुविधाको फाइदा उठाउन सकिनेछ ।

योजना अन्तर्गत छुटका साथै यात्रुले कतार एयरवेज प्रिभलेज क्लब मार्फत १ लाख ओमाइल्स, कतार डुयूटी फ्रि, कतार एयरवेज होलिडेज् तथा विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर पाउन सक्नेछन् ।

योजना मार्फत यात्रुलाई टिकट दरमा ३५ प्रतिशत छुटका साथै विजनेश तथा फस्र्ट क्लास अन्तर्गत क्याम्पियन अफरको समेत फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

साथै एयरवेजले बच्चा सहितका परिवारले योजना अवधिभर ‘किड्स विशेष अफर’ अन्तर्गत विशेष छुट सुविधाको समेत ब्यवस्था गरेको छ ।

सार्वजनिक योजना अन्तर्गत जनवरी ९ देखि १६ सम्म बुकिङ गर्ने यात्रुले हरेक बुकिङमा दोब्बर ‘क्यूमाइल्स’ जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसरी बुकिङ गरिएका टिकटको अवधि भने ९ जनवरी देखि १० डिसेम्बर २०१८ सम्म हुनेछ ।

साथै, योजना अवधिभर कतार एयरवेज डट कम मार्फत बुकिङ गर्ने उपभोक्तालाई ¥याफलमा सम्मिलित गरिने भएको छ ।

¥याफलमा सहभागी मध्येबाट १० भाग्यशाली विजेताले १ लाख क्यूमाइल्सका साथै कतार एयरवेज होलिडेज्का तर्फबाट दूई जनाका लागि ३ रात स्टे अफर सहितका १० होटल भौचरमध्य १ जित्ने अवसर प्राप्त गर्न सकिने एयरवेजले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL