Logo

होटलहरुलाई ग्राहक तान्ने निहुँमा मूल्य घटाउनुको सट्टा सेवा बढाउन सुझाव

होटलहरुलाई ग्राहक तान्ने निहुँमा मूल्य घटाउनुको सट्टा सेवा बढाउन सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय होटलहरुले ग्राहक तान्ने बहानामा खाना तथा बसाईको मूल्य घटाएकोमा पर्यटन व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार नेपाल पर्यटन बोर्डको १९ औं बार्षिकोत्सवका अवसरमा पर्यटन विज्ञहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । साथै होटलहरुले मूल्य घटाउनुको सट्टा सेवाको गुणस्तर बढाउन सुझाब समेत दिए ।

कार्यक्रममा पर्यटन बोर्डका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले चीन र भारतमा ‘मास टुरिजम’को शुरुवात गर्ने योजना रहेको सुनाए । त्यस्तै उनले सन् २०२१ सम्म निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी सहित काम तिव्र रुपमा भइरहेको जानकारी दिए ।

सो अवसरमा पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले जोशीले २०१८ सम्म १ लाख र २०२० सम्म २ लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित विभिन्न प्रचारात्मक कार्यक्रम शुरु गर्न लागेको बताए ।

‘पर्यटनको प्रचारप्रसारका लागि मिडिया क्याम्पेनिङलाई अभियानकै रुपमा अगाडी बढाउने छौं’ उनले भने सामाजिक सञ्जालको प्रयोगलाई समेत बढावा दिने योजना छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL