Logo

कतार एयरले पायो छुट्टाछुट्टै ३ अवार्ड

कतार एयरले पायो छुट्टाछुट्टै ३ अवार्ड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कतार एयरवेजले ३ छुट्टाछुट्टै अवार्ड हात पारेको छ । एयरवेजले ‘बेष्ट एयरलाइन फर इन्टरनेशनल फष्ट क्लास’, ‘बेष्ट फष्र्ट क्लास सिट डिजाइन’ र ‘बेष्ट एयरलाइन इन द मिडिल इष्ट अवार्ड’ प्राप्त गरेको हो ।

ग्लोवल ट्राभलर टेष्टेड रिडर सर्भे अवार्डले कतार एयरवेजलाई यी ३ अवार्ड दिएको हो ।

अमेरिका लक्षित यो अवार्ड अन्तरराष्ट्रिय हवाई यात्रुहरुको भोटका आधारमा दिइएको बताएको छ ।

कतार एयरवेजलाई लस एनजल्समा आयोजित एक कार्यक्रमबीच सो अवार्ड प्रदान गरिएको हो । कतार एयरवेज समुहका चिफ एक्जुकेटिभ अकबर एएल बेकरले यात्रुहरुले आफ्नो सेवा तथा सुविधाको पहिचान गरिदिएकोमा खुशि लागेको लागेको बताए ।

साथै यात्रुहरुलाई यात्राका समयमा गुनासो गर्ने वातावरण नवनाउन लागि पर्ने जानकारी दिए ।

यसैबीच कतार एयरवेजको क्यूसुट विजनेश क्लास सिट सञ्चालनमा ल्याउने भएको छ । हमाद इनटरनेशलन एयरपोर्टबाट जोन एफ केन्डी इन्टरनेशनल एयरपोर्ट उडानका लागि डिसेम्बर १६ देखि क्यूसुट बिजनेश क्लासमा सेवा दिने भएको हो ।

क्यिुसुटको विशेषता डबल बेड हो । त्यस्तै यात्रुहरुका लागि छुट्टै रुमको व्यवस्था छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL