Logo

सेन्ट पिटर्सवर्गमा उडान भर्दै कतार, नेपालको पर्यटनमा समेत टेवा पुग्ने विश्वास

सेन्ट पिटर्सवर्गमा उडान भर्दै कतार, नेपालको पर्यटनमा समेत टेवा पुग्ने विश्वास


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कतार एयरवेजले रसियाको सेन्ट पिटर्सवर्गमा उडान शुरु गर्ने भएको छ । सेन्ट पिटर्सवर्गलाई बोइङ ७७७ एयरक्राफ्ट विश्वसँग जोड्ने उद्देश्यसहित उडान शुरु गर्न लागेको कतार एयरवेजले जानकारी दिएको छ ।

रसियामा उडान शुरु गर्न लागेको अवसर पारी काठमाडौंमा एक कार्यक्रम आयोजना गरिएको छ । रसियन राजदुत एण्ड्री सेर्गीइभीत बुढनिक र कण्ट्री म्यानेजर जयप्रकास नेरले काठमाडौंमा आयोजित कार्यक्रम सम्बोधन गरेका थिए ।

रसियामा कतार एयरवेजले उडान थालेसँगै नेपालको पर्यटनलाई समेत सहयोग गर्ने राजदुत एण्ड्री सेर्गीइभीत बुढनिकले बताए ।
उनका अनुसार दोहा हुँदै रसियाका हिमाल आरोही, ट्रेकर तथा खेलप्रेमीहरु नेपाल आउन सक्नेछन् ।

रसियन नागरिकहरु योगा तथा ध्यानमा रुची राख्ने भएकोले पनि नेपाललाई त्यसबाट फाइदा हुने छ ।

नेपालको साहशिक पर्यटनमा पनि सहयोग पुग्ने छ । त्यस्तै रसियाका नागरिकहरु नेपालमा लगानी गर्न इच्छुक भएकोले आर्थिक गतिविधिमा समेत सहयोग पुग्छ ।

त्यस्तै नेपालीहरु रुस अध्ययनका लागि जान पनि सहज हुने छ । फिफा विश्वकपलाई पनि यसले सहयोग गर्ने छ । कतार एयरवेजले डिसेम्बर १९ देखि सेन्ट पिटर्सबर्गमा उडान भर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL