Logo

‘पूर्वाधार विना पर्यटन विकास असम्भव’, बजारीकरणको रणनीतिमा परिवर्तन आवश्यक

‘पूर्वाधार विना पर्यटन विकास असम्भव’, बजारीकरणको रणनीतिमा परिवर्तन आवश्यक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पूर्वाधारको विकासबाट मात्र नेपालको पर्यटन क्षेत्रको विकास हुने सम्बन्धित विज्ञहरुले बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कतार एयरलायन्सको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा सहभागीले नेपालको पर्यटन रणनीतिमै परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले उद्दघाटन गरेका थिए । सो अवसरमा उनले नेपालमा पर्यटनका लागि विविध सम्भावना रहेको बताए ।

गैरआवासीय नेपालीलाई पर्यटन प्रवद्र्धन गर्न आग्रह गरे । ‘नेपालमा पर्यटनको बहुआयामिक सम्भावना रहेको छ,’ उनले भने, ‘एउटा गैरआवासीय नेपालीले एउटा मात्र पर्यटक भित्र्याउन सके पनि नेपालको पर्यटनमा ठूलो सहयोग पुग्नेछ ।’

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालको पर्यटन प्रवर्द्धनका लागि छुट्टै रणनीति आवश्यक भएको बताए । पर्यटनको बजारीकरणको रणनीतिसमेत परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बैङ्कर अनिलकेशरी शाहले पछिल्लो समय पर्यटन क्षेत्रमा लगानीको वातावरण बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL