Logo

गुल्जार बन्दै पर्यटन क्षेत्र, १ बर्षमै १० लाख पर्यटक !

गुल्जार बन्दै पर्यटन क्षेत्र, १ बर्षमै १० लाख पर्यटक !


रक्षा रेग्मी
0
Shares

काठमाडौं । २०१७ हालसम्मकै बढी पर्यटक भित्रिने बर्ष बन्ने भएको छ । यस बर्ष १० लाख भन्दा बढी पर्यटक नेपाल भित्रने अनुमान सम्वन्धित व्यवसायीहरुले गरेका छन् । त्यसो त अध्यागमन विभागका अनुसार २०१७ को १० महिनामा ७ लाख ५७ हजार पर्यटक नेपाल भित्रिसकेका छन् । अबको २ महिनामा साढे २ लाख पर्यटक व्यवसाय भित्रनेमा व्यवसायीहरु ढुक्क छन् ।

१०महिनामा भित्रिएको पर्यटकको संख्या यो गत बर्षको सो अवधिको तुलनामा २३ प्रतिशत बढी हो । १० महिनामा हालसम्मकै बढी पर्यटक भित्रिएको होटल एशोसिएशन नेपालल ९हान० का महासचिव विनायक शाह बताउँछन् । उनका अनुसार यसअघि यसअघि २०१२ मा नेपालमा सबैभन्दा बढी ८ लाख पर्यटक भित्रिएका थिए । जसले गर्दा उपत्यका तथा बाहिरका होटलहरुको अकुपेन्सी पनि बढेको छ ।

त्यस्तै चालु आर्थिक बर्षमा विदेशी पर्यटकबाट नेपालमा भित्रिएको रकमले पनि पर्यटक आगमन बढेको देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आवको पहिलो २ महिनामा विदेशी पर्यटकबाट ८ अर्ब रुपैयाँ रकम भित्रिएको छ । चालु आवको साउन र भदौ महिनामा नेपाल घुम्न आउने पर्यटकबाट ८ अर्ब ११ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यो गत आवको २ महिनामा भित्रिएको रकम भन्दा बढी हो । गत आवको २ महिनामा ७ अर्ब ५० करोड रुपैयाँ भित्रिएको थियो ।
सन् २०१६र१७ मा नेपालमा विदेशी पर्यटकबाट ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ भित्रिएको थियो ।

जुन २०१५र१६ मा नेपाल घुम्न आएका विदेशी पर्यटकले गरेको खर्च भन्दा ४० प्रतिशत बढी हो । सो अवधिमा ४१ अर्व ७६ करोड रुपैयाँ भित्रिएको हो ।

नेपालमा हवाई मार्ग भएर आउने पर्यटकको संख्या धेरै छ । तर नेपा र युरोपेली मुलुकबीच सिधा हवाई सेवा नहुँदा सोचेअनुसारको पर्यटक भित्र्याउन नसकिएको व्यवसायीहरुको गुनासो छ । सिधा हवाई सेवा भएको अवस्थामा पर्यटकको आगमन अझै बढ्ने उनीहरुको भनाई छ ।
भारतीय पर्यटकहरु स्थलमार्गबाट नै नेपाल भित्रिरहेका छन् ।

भारतपछी नेपालमा चिनीयाँ पर्यटक बढी आउछन् । त्यसैगरी श्रीलंका,थाइल्याण्डलगायत मुलुकबाट धेरै पर्यटक आउने गरेको तथ्यांक्ले देखाएको छ ।

त्यसोत सरकारले २०२० लाई करिव १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष’को रूपमा मनाउने तयारी थालेको छ । त्यस्तै सरकारले सन् २०२० मा हाल १२ दिनको पर्यटकको बसाई अवधिलाई लम्ब्याएर १५ दिने पुर्याउने योजना अघि सारेको छ । त्यस्तै प्रतिपर्यटक खर्च दैनिक ६५ डलर पु¥याउने लक्ष्य लिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL