Logo

१० महिनामा भित्रिए साढे ७ लाख पर्यटक

१० महिनामा भित्रिए साढे ७ लाख पर्यटक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सन् २०१७ मा नेपालमा ७ लाख ५७ हजार ४ सय पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१७ को १० महिनामा सो बराबरको पर्यटक भित्रिएका हुन् ।

यो गत बर्षको सो अवधिको तुलनामा २३ प्रतिशत बढी हो ।

त्यसो त यस बर्ष अक्टोबरसम्म आएका पर्यटक सन् २०१६ मा भित्रिएका कूल पर्यटकको संख्या भन्दा बढी हो । सन् २०१६ मा ७ लाख ५३ हजार विदेशीले नेपाल भ्रमण गरेको थिए । सन् २०१६ को १० महिना अर्थात अक्टोबरसम्म नेपाल आउने विदेशी पर्यटकको संख्या ५ लाख ८४ हजार थियो ।

जुन २०१७ को यसै अवधिको संख्याभन्दा १ लाख ७३ हजार ३ सयले कमी हो । सन् २०१७ को मार्च र सेप्टेम्बर मात्रै एक(एक लाखभन्दा बढी पर्यटक नेपाल आएका छन् ।

२०१५ मा भूकम्प र भारतीय नाकाबन्दीका कारण पर्यटन आगमन घटेको थियो ।

त्यससँगै सरकार तथा पर्यटन व्यवसायीले पनि पर्यटक आवागमन बढाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरेका थिए । त्यसको प्रभाव अहिले पर्यटन क्षेत्रमा देखिएको व्यवसायीहरु बताउँछन् ।

नेपालमा हवाई मार्ग भएर आउने पर्यटकको संख्या धेरै छ । तर नेपाल र युरोपेली मुलुकबीच सीधा हवाई सेवा नहुँदा भने सोचे अनुसारको पर्यटक भित्रिन सकेका छैनन् ।

भारतीय पर्यटक स्थलमार्ग प्रयोग गरेर नेपाल भ्रमणका लागि आइरहेका छन् । भारतपछि नेपाल भ्रमणमा आउने बढी पर्यटक चिनियाँ छन् ।
त्यसैगरी, अमेरिकाबाट श्रीलंका, थाइल्यान्डलगायत मुलुकबाट धेरै पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL