Logo

स्तरोन्नतीको गति लिँदै गौतमबुद्ध विमानस्थल, निर्धारित समय सक्न कठिन

स्तरोन्नतीको गति लिँदै गौतमबुद्ध विमानस्थल, निर्धारित समय सक्न कठिन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गौतमबुद्ध विमानस्थल स्तरोन्नतीको काम तिव्र गतिमा अघि बढेको छ । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले व्यवस्थापक परिवर्तन गरेसँगै विमानस्थल स्तरोन्नतीको काम तिव्र रुपमा अघि बढेको आयोजना प्रमुख ओम शर्माले बताए ।

आयोजनाको सहठेकेदार नर्थवेष्ट इन्फा नेपाल प्रालीबीचको विवादले लामो समयसम्म काम रोकिएको थियो । हाल विमानस्थलमा रनवे, अन्तरराष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर तथा सेक्युरिटी विल्डिङ निर्माणको काम भइरहेको उनले जानकारी दिए । जसमध्ये रनवेमा सववेस निर्माणको काम भइरहेको छ । सवबेस पछि फुटाएका मटेरियल राखेर पिच गर्नुपर्ने हुन्छ ।

त्यस्तै कन्ट्रोल टावर, प्रशासकीय भवनलगायत निर्माणको क्रममा छ । २५ घनमिटर नदीजन्य सामग्री निकाल्न छलफल भइरहेको शर्माले जानकारी दिए । ‘गाउँपालिका, नगरपालिका तथा जिल्ला समन्वय समितिसँग छलफल भइरहेको छ,’ उनले भने ‘स्वीकृति पाउने वित्तिकै नदीजन्य सामग्री निकाल्ने काम अघि बढ्छ ।’

उनका अनुसार स्थानीयको विरोधका कारण पनि नदीजन्य सामग्री निकाल्न समस्या भएको हो । ‘देशमा आयोजना मैत्री वातावरण छै,’ उनले भने,.‘स्थानीयको अवरोध तथा विभिन्न माग आइहाल्छ, अब बाटोघाटो बनाएर काम गर्ने सोचमा छौं ।’ सो आयोजनाको हालसम्म करिव ३३ प्रतिशत काम सकिएको छ ।

गौतमबुद्ध विमानस्थ्ल आगामी २०१८ जुनसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ठेकेदारबीचको आन्तरिक समस्याले गर्दा लक्ष्य भन्दा ५÷६महिना पछि जानसक्ने उनले जानकारी दिए ।

निर्माण कार्य सुस्त भएको भन्दै विमानस्थल आयोजनाले काम अघि नबढे निर्माण कम्पनीसँग ठेक्का तोड्ने चेतावनी दिएको थियो । विमानस्थल निर्माण सकिएसँगै दैनिक १६ हजार यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ । यसरी बार्षिक ६० हजार यात्रुलाई सेवा दिन सक्नेछ । विमास्थल स्तरोन्नतीका लागि नर्थ वेष्ट सिभिल एभिएशन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा ग्लोबल टेन्डर मार्फत जिम्मेवारी पाएको थियो ।

सम्झौता हुँदा २०१७ डिसेम्बरसम्म सम्पन्न गर्ने भनिएपनि भुकम्प तथा मधेश आन्दोलनले गर्दा २०१८ जुलाइसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर कम्पनीबीचकै आन्तरिक विवादका कारण लक्ष्य भन्दा ५÷६ महिना पछि जानसक्ने शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL