Logo

चन्द्रागिरीमा ठडिए पृथ्वीनारायण शाह, २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरी हिल्सलाई

चन्द्रागिरीमा ठडिए पृथ्वीनारायण शाह, २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरी हिल्सलाई


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरीमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापना गरेको छ । उक्त सालिकमको आज एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेका हुन् ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो शालिक ५ फिट ८ इन्च उचाईको छ । उक्त शालिक मुर्तीकार नविन सुवेदीले निर्माण गरेका हुन् । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक रुपले सम्बन्धित रहेको चन्द्रागिरीमा नेपाली इतिहासको संरक्षण र सम्बद्र्धन गर्न उक्त शालिक निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले वर्तमान विशाल नेपालको जग एकीकरणको समयमै बसालिएको प्रसंग उल्लेख गर्दै तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स–साना सामन्ती राज्य रयौटाहरुलाई एकताको सुत्रमाबाँधेर सबल र एकीकृत राज्य निर्माण गर्नु पृथ्वीनाराण शाहले ठूलो योगदान रहेको बताईन । ‘चन्द्रागिरी हिल्सले प्राकृतिक सौन्दर्यले सुशोभित यस पुण्यभूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय जीवनस्तर उकास्ने तथा पर्यटनको विकासमार्फत नेपालको समृद्धि हासिलगर्ने छ,’ उनले भनिन्, ‘चन्द्रागिरिजस्तो ऐतिहासिक स्थानमा एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरी यस संस्थाले अनुकरणीय काम गरेको छ ।’

संस्कृतिपर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायाण देवले नेपाल सरकारले यस सन् २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरी हिल्सलाई प्रदानगर्ने निर्णय गरिएको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले छोटो समयमा यो पर्वत काठमाडौं र समग्र देशबासीकै आकर्षक पर्यटकीय एवम् धार्मिक गन्तव्यका रुपमा स्थापित भइसकेको जानकारी दिँदै यसलाई आगामी दिनमा एकीकृत पर्यटकीय क्षेत्रका रुपमाविकास गर्ने कार्यक्रम अघि सारिएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपामा ओवादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्व अर्थमन्त्री डा. रामशरण महत, राजपाका नेता शरतसिंह भण्डारी, सभासदहरु विनोद श्रेष्ठ, सुवाससिंह ठकुरी, प्रेमबहादुर सिंह लगायतको उस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
MBL