Logo

यतिको नयाँ एटिआर काठमाडौं आइपुग्यो, आगामी सातादेखि भद्रपुर र भैरहवामा उडान भर्ने

यतिको नयाँ एटिआर काठमाडौं आइपुग्यो, आगामी सातादेखि भद्रपुर र भैरहवामा उडान भर्ने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । यति एयरलाइन्सले नयाँ एटिआर जहाज ल्याएको छ । यतिले फ्रान्सको जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ७२ सिटे एटिआर ७२–५०० एटिआर काठमाडौं भित्र्याएको हो । सो जहाज एक अर्ब रुपैयाँमा खरिद गरेको कम्पनीले जानकारी दिएको छ ।

यतिले गत साउन महिनामा पहिलो एटिआर ल्याएको थियो । यससँगै यतिसँग अब २ बटा एटिआर भएको छ । सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग यतिले जहाज खरिद गरेको हो ।

एटिआर जहाजले एक हप्तापछि भद्रपुर र भैरहवा उडान शुरु गर्ने बताएको छ । यतिको पहिलो एटिआरले अहिले विराटनगर र नेपालगंजमा उडान भरिरहेको छ । यतिले चालु आवमा ३ वटा एटिआर किन्ने योजना बनाएको छ ।

यतिसँग अब ८ वटा जहाज भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL