Logo

‘पर्यटन प्रचार प्रसार शैली सूचना प्रबिधिमैत्री हुन आवश्यक’

‘पर्यटन प्रचार प्रसार शैली सूचना प्रबिधिमैत्री हुन आवश्यक’


बिजखबर संवाददाता
27
Shares

होटल संघ नेपाल (हान) – महासचिव विनायक शाह

नेपालको पर्यटन प्रवद्र्धन गर्ने शैली अझै परम्परागत छ । ब्रोसर, पुस्तक छापेर वा ट्राभल मार्टमा स्टल राख्ने, भिडियो देखाउने गरेर पर्यटक बढ्दैनन् । नेपाल सरकार तथा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि प्रविधिको सहायता लिनु आवश्यक छ । त्यसो त अन्य पर्यटन व्यवसायीहरुले पनि त्यसतर्फ ध्यान दिनु आवश्यक छ ।

हामीले मार्केटिङ शैलिमा सुधार ल्याउन सके पर्यटक बढ्थे । हामीसँग सुन्दर पर्यटकीय स्थल छन् । देशको पयटनको विकासका लागि मार्केटिङको शैलीमा व्यापक सुधार ल्याउनुपर्छ । यसका लागि अत्याधुनिक प्रविधि भित्राउन थाल्नुपर्छ ।

त्यस्तै नेपालको मुख्य पर्यटक भनेकै चिनीयाँ र भारतीय हुन् । विमानस्थलको अवस्था जस्तो भएपनि चिनीयाँ र भारतीय नागरिक मोटर बाटोबाटै नेपाल आउन सक्छन् । तर हामीसँग मोटरबाटो पनि राम्रो छैन ।

नेपालमा सडक यातायातबाट भित्रने पर्यटकलाई ठूलो प्राथमिकता दिइएको पाइँदैन । त्यस्तै पर्यटक भन्ने वित्तिकै गोरो छाला भएका मात्र भन्ने सम्झान्छौ । तर नेपालमा चिनीयाँ र भारतीय पर्यटक बढी आउछन् ।

त्यस्तै भन्सार बिन्दु र नाकाहरू पर्यटकमैत्री छैनन् । मानिस रसामान एकै स्थानबाट भित्रने भएकाले अधिक भिडभाड हुन्छन । त्यस्तै भारत तथा चीन तर्फको नाकाको तुलनमा नेपालको फोहोर पनि छ । नेपालको नाका बरिपरिको बाटो तथा अन्य पूर्वाधारले हाम्रो देशलाई हेर्ने दृष्टिकोण नै छुट्टै हुन्छ ।

भन्सार बिन्दुमा अध्यागमन कार्यालयहरू राखेर पर्यटकलाई आकर्षित गर्नु आवश्यक छ । चिनियाँ पर्यटकलाई नेपाल सरकारले पनि चिनियाँ नागरिकलाई फ्री भिसाको सुविधा दिएको छ । तर, नेपालले चिनियाँ नागरिकलाई दिएको फ्री भिसा सुविधाबारे प्रचारप्रसार नै पुगेको छैन ।

यसका लागी चीनमा भएका इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोग गरेर प्रचार–प्रसारमा लाग्नुपर्छ । सस्तो गन्तव्य, तथा फ्रि भिसाका कारण चिनीयाँ हरु नेपाल आउने सम्भावना छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL