Logo

इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको एकेडेमी अब नेपालमा, गेट कलेज र आईएचजीबीच सहकार्य

इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको एकेडेमी अब नेपालमा, गेट कलेज र आईएचजीबीच सहकार्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । होटल कम्पनीहरूको समूह इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानका रूपमा ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट)लाई चयन गरेको छ । यसअघि नेपालमा होटल सोल्टी क्राउन प्लाजा, इन्टरकन्टिनेन्टल होटल्स् ग्रुपको आधिकारिक ध्वजाबाहक होटल रहँदै आएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच इन्टरकन्टिनेन्टल होटल्स ग्रुप र गेट कलेजबीच सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

आईएचजी दक्षिण पूर्वी एसियाका प्रमुख सान्ता डी सिल्भाको विशेष उपस्थितिमा सम्पन्न समझदारी पत्रमा इन्टरकन्टिनेन्टल होटल्स ग्रुपका तर्फबाट होटल सोल्टीका महाप्रबन्धक उपाल मजुमदार र गेट कलेजका संस्थापक÷ प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्र अनुसार अब गेट कलेज नेपालका लागि आधिकारिक आईएचजी एकेडेमीका रूपमा रहने छ ।

विश्वकै अग्रणी होटल कम्पनीहरूमध्येको आईएचजीका विश्वभर करिब सय देशमा रहेका ५ हजार २२१ होटलमा रहेका करिब ७ लाख ७७ हजार ६७५ कोठाहरूबाट अतिथिहरूलाई स्नेहपूर्वक सेवा प्रदान गरिँदै आएको छ । संयुक्त अधिराज्य बेलायतको डेनह्याममा आईएचजीको मुख्यालय रहेको छ । यसअन्तर्गत ३ लाख ५० हजार कर्मचारीहरू कार्यरत छन् ।

आईएचजीको ब्रान्डभित्र इन्टरकन्टिनेन्टल होटल्स् एन्ड रिजोर्टस्, किम्पटन होटल्स् एन्ड रेन्टुरेन्ट्स्, एभेन होटल्स्, हायलक्स होटल्स् एन्ड रिजोर्टस्, क्राउन प्लाजा होटल्स एन्ड रिजोर्टस्, होडिले इन, होलिडे इन भ्याकेसन्स्, होलिडे इन् एक्सप्रेस, होलिडे इन रिजोर्टस्, स्टेब्रिज सुइट्स् एन्ड क्यान्डलउड सुइट्स् रहेका छन् ।

नेपालमा होटल सोल्टी क्राउन प्लाजा, आईएचजीको एकमात्र ध्वजाबाहक होटल हो ।ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट) नेपालको आतिथ्य सत्कार र पर्यटन शिक्षाका लाग अग्रणी शैक्षिक प्रतिष्ठान हो । यसले विश्वव्यापी आतिथ्य सत्कार उद्योगको पेशागत करिअरका लागि युवाहरूलाई शिक्षित तथा प्रशिक्षित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

गेटले सञ्चालन आएको १० वर्षभित्र विद्यार्थीहरूले सिकेका सीपलाई व्यवहारिक र व्यावसायिक जीवनमा लागू गर्नका लागि आवश्यक पर्ने व्यवहारिक तालिमसहित विशिष्टकृत शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । गेट कलेज विश्व प्रसिद्ध हस्पिटालिटी अवार्ड प्राप्त गर्ने एसियाकै पहिलो शैक्षिक प्रतिष्ठान भएको बताएको छ । यसले सन् २०११ मा फ्रान्सको पेरिसमा आयोजना भएको विशेष कार्यक्रमबीच उक्त अवार्ड प्राप्त गरेको हो । साथै, गेट कलेज स्विजरल्यान्डको प्रसिद्ध स्विस होटल एसोसियसन होटलरी स्विससँग सम्बन्धन प्राप्त गर्ने एसियाकै पहिलो र एकमात्र शैक्षिक प्रतिष्ठान हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL