Logo

एयर इण्डियाको आन्तरिक उडानमा विद्यार्थीलाई ५० प्रतिशत छुट, सेना र जेष्ठ नागरिकलाई पनि

एयर इण्डियाको आन्तरिक उडानमा विद्यार्थीलाई ५० प्रतिशत छुट, सेना र जेष्ठ नागरिकलाई पनि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एयर इण्डियाले सेप्टेम्बर १ तारिक देखि ५० प्रतिशत छुट घोषणा गरेको छ । एयरलाइन्सले विद्यार्थी, सेना तथा जेष्ठ नागरिकका लागि सो बराबरको छुटको व्यवस्था गरेको हो ।

कम्पनीका अनुसार १२ देखि २६ बर्ष सम्मका विद्यार्थीका लागि इकोनोमी क्लासमा आन्तरिक उडानमा छुट दिइएको छ ।

सो योजना अनुसार ७ दिन अघि टिकट लिनुपर्ने छ । त्यस्तै छुट दिइएका यात्रुहरुले २५ केजी सम्मको व्यागेज लैजान पाउने छन् ।

सेनाको सम्बन्धमा प्रहरी जवान र उनका परिवारले सो सुबिधा पाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL