Logo

विराटनगर विमानस्थल शनिबारदेखि आंशिक रुपमा सञ्चालनमा

विराटनगर विमानस्थल शनिबारदेखि आंशिक रुपमा सञ्चालनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिगत एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज देखि सञ्चालनमा आएको छ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि विमानस्थल बन्द थियो ।

धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल शनिबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल क्षेत्रका विद्युतीय उपकरणको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL